हेटौंडा १९ मा युवासंघ र अनेमसंघमा नयाँ नेतृत्व
हेटौंडा १९ मा नेकपा एमालेको भातृ सङ्गठन युवा संघ नेपाल तथा अनेमसंघको नयाँ वडा कमिटी निर्माण भएको छ । आज भएको एमाले हेटौंडा १९ नम्बर वडा भेला तथा वनभोज कार्यक्रममा विवेक बजगाईंको नेतृत्वमा युवा संघ वडा कमिटी र सावित्री दुलालको नेतृत्वमा अखिल नेपाल महिला संघको वडा कमिटी निर्माण गरिएको हो । युवा संघ उपाध्यक्षमा कृष्णबहादुर थापा, सचिव प्रतिमा चौलागाईं, उप सचिव रविन दाहाल, कोषाध्यक्ष अभिशेक बास्तोला रहनुभएको छ । सदस्यहरुमा बिनु रुम्बा, वीरबहादुर थिङ्, देवबहादुर रुम्बा, अनुशा बास्तोला, अस्मिता बास्तोला, तेजप्रसाद गौतम र सुन गुरुङ् रहुनभएको छ । यस्तै, नौ सदस्य अनेमसंघ वडा कमिटी उपाध्यक्षमा कान्छिमाया थिङ्, सचिव विन्दा अधिकारी, उपसचिव जोगमाया तामाङ् रहनुभएको छ । सदस्यहरुमा पार्वती सापकोटा, पार्वती बास्तोला, शारदा धावा थापा, कलावती बास्तोला र रञ्जना चौलागाईं रहनुभएको जनाइएको छ । एमाले हेटौंडा १९ नम्बर वडा कमिटी अध्यक्ष राजु दर्लामीको अध्यक्षता तथा एमाले मकवानपुर जिल्ला कमिटी उप सचिव मिना लामाको प्रमुख आतिथ्यमा भेला भएको हो । भेलामा युवा संघका नारायणी अञ्चल कमिटी सदस्य चन्द्र योञ्जन, युवा संघ मकवानपुर अध्यक्ष सन्तोष चौलागाईं, अनेमसंघ हेटौंडा नगर अध्यक्ष सुमित्रा काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।