व्यापार मेला जारी, आज राष्ट्रिय कलाकारले हेटौंडा तताउदैं

शिव चौलागाईं
मकवानपुर उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हेटौं
डाको लोकतान्त्रिक चौरमा राष्ट्रिय औद्योगिक ब्यापार मेला जारी छ । मेलाको तेस्रो दिन आज शनिबार परेकाले दशर्कको उल्लेख्य सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । मेलामा आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुती हुने आयोजकले जनाएको छ । आज कलाकारहरु दिपकराज गिरी, दीपाश्री निरौला, मिलन अमात्य,वद्रि पंगनी, रमिता भन्डारी, सृजना खत्री, विनु खड्का लगायत कलाकारको साङ्गितिक प्रस्तुती हुने आयोजकले जनाएको छ ।
कृषि, उद्योग, पर्यटन, अटो, आइटी, बाल उखान लगायत ४ सय वटा भन्दा बढी स्टल रहेको मेला ३० गतेसम्म सञ्चालन हुनेछ । आइडल प्रतिष्पर्धा, हेलिकोप्टरबाट हेटौंडाको  दृश्यावलोकनको व्यवस्था समेत मिलाइएको मेलामा करिब ५० करोडको कारोबार अपेक्षा राखिएको आयोजकले जनाएको छ । यसैबिच, व्यापार मेलामा नेपाली कला र संस्कृतिको सरक्षणको उद्घेश्य सहित पञ्चैबाजा प्रतियोगिता हुदैछ । यहि फागुन २४ गते हुने प्रतियोगितामा मकवानपुरका ६ वटा पञ्चैबाजा समूहले भाग लिएको जनाइएको छ । नेपालीहरुले विवाह, ब्रतबन्धलगायतका शुभकार्यमा प्रयोग गर्दै आएका लोपोन्मुख पञ्चेबाजाको मेला स्थलमा प्रतियोगिता गर्दा संरक्षणमा थप टेवा पुग्ने आफूहरुको अपेक्षा रहेको आयोजक मकवानपुर उद्योग वाणिज्य संघका सदस्य माधव न्यौपानेले जानकारी दिनुभयो । पञ्चैबाजा प्रतियोगितामा सहभागी भएर विजेता टिमलाई ५० हजार, द्धितीय हुनेलाई ३० हजार, तृतीयलाई २० हजार तथा सान्त्वनालाई १०–१० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ । 
हेटौंडामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा ७० वर्ष उमेर पुगेका बृद्धबृद्धाहरुको निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । नागरिक्ता वा ७० वर्ष पुगेको प्रमाणित गर्ने परिचयपत्र देखाएमा ज्येष्ठ नागरिकलाई मेला स्थलमा निशुलक प्रवेश गर्ने व्यवस्था मिलाइएको  आयोजक मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकलाई सहजरुपमा मेला अवलोकनका लागि आफूहरुले निर्णय गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो । संघले संचारकर्मी, नगरपालिका, जिल्ला विकास समिति, नेपाल टेलिकम, कृषिका प्रतिनिधीलाई परिचयपत्रका आधारमा मेला प्रवेशमा निशुल्क व्यवस्था गरेको छ ।

All news in One Place