टिष्टुङ्, बज्रबाराहीमा एमालेको प्रशिक्षण
शिव चौलागाईं ।
एमाले मकवानपुर दुई नम्बर क्षेत्रको आयोजनामा भएको कार्यक्रममा एमाले टिष्टुङ् गाउँ कमिटी अध्यक्ष किरणमान बलको अध्यक्षता एवम् दुई नम्बर क्षेत्रका इन्चार्ज विष्णु ढकालको प्रमुख आतिथ्यता थियो । प्रशिक्षणमा पार्टीका राष्ट्रिय प्रतिनिधी परिषदका पूर्व सदस्य महेश्वर सुवेदी, जिल्ला सदस्य तथा थाहा इन्चार्ज रामचन्द्र बल, एमाले मकवानपुर दुई नम्बर क्षेत्रका अध्यक्ष विदुर हुमागाई, टिष्टुङ् इन्चार्ज एवम् जिल्ला सदस्य इश्वरलाल रुम्बा, क्षेत्रीय सचिवालय सदस्य वीरमान स्याङ्तान लगायतको आतिथ्यता थियो । यस्तै, मकवानपुरको बज्रबाराहीमा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यमा अगुवा कार्यकर्तालाई प्रशिक्षण प्रदान गरिएको छ ।
यसैबिच, मकवानपुरको उत्तरी क्षेत्र पालुङ्मा यहि फागुन २९ गते पार्टीको दुई नम्बर क्षेत्र स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण हुने भ
एको छ । प्रशिक्षणमा एमालेका उप महासचिव घनश्याम भुषालको प्रमुख आतिथ्यता रहने एमाले मकवानपुरका दुई नम्बर क्षेत्रका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो ।