निवुवाटारमा प्योर लभ अभियान

मकवानपुरको निबुवाटारस्थित बाराही माध्यमिक विद्यालयमा बुधबार प्योर लभ सम्बन्धी प्रशिक्षण भएको छ । सिद्धान्त अनुसन्धान् महाविद्यालय संघ नेपाल कार्प नेपालले विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हेटौंडाबाट पत्रकार चन्द्र घलानले खबर पठाएका छन् । 
कार्पका सदस्यहरु सानोकान्छा घलान, एक्काबहादुर घिसिङ र रुपा लामाको संयोजकत्वमा प्रशिक्षण सञ्चालन भएको हो ।   युुवावर्गमा  आइरहेको विचलनमा सुधार ल्याउने उद्देश्यले  अभियान सञ्चालन गरिएको कार्पका रुपा लामाले बताइन् । 
कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का करिब ९७ जना  छात्रछात्राहरुको सहभागि रहेको संघका जिल्ला संयोजक सुबास लामाले जानकारी
दिए ।
कार्प नेपालले नैतिक–सामाजिक उत्थान एवं नैतिकता, पवित्रता, मानव जिम्मेवारी र पूर्नस्थापनाको सिद्धान्तका बारेमा तथ्यपूर्ण र यथार्थपरक ज्ञानमूलक, सेवामूलक र चेतनामूलक जस्ता कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

All news in One Place