चन्द्रागिरीमा गोली हानाहान

काठमाडौंको चन्द्रागिरीमा लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ। चन्द्रागिरी नगरपालिका- १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान करिब साढे ५ बजे गोली हानाहान भएको हो। लुटेरा समूहलाई पछ्याउने क्रममा प्रहरीमाथि २ राउण्ड गोली फायर भएको र प्रहरीले पनि २ राउण्ड गोली चलाएको काठमाडौं प्रहरीका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए । 
गोली चले पनि दुवै तर्फ क्षति भएको छैन ।  प्रहरीले गोली चलाएपछि लुटेरा समूह बा १ ज ३९४८ नम्बरको सुमो छाडेर जंगलतिर भागेको छ। सुमोमा बन्द अवस्थामा रहेको सेफ फेला परेको एसपी कार्कीले बताए। लुटेराले कुनै बैंक वा वित्तिय संस्थामा रहेको सेफ अथवा सुनचाँदी पसलमा रहेको सेफ लुटेका हुनसक्ने एसपी कार्कीले बताए । बिहानै काठमाडौंबाट हुइँकिएर आएको सुमो मातातीर्थतर्फ लागेपछि  प्रहरीले त्यसलाई पछ्याएको थियो । काठमाडौंबाट पुगेको थप प्रहरी टोलीले जंगल हिमालखबरमा समाचार छ ।
लाई घेरा हालेर अहिले लुटेराको खोजी गरिरहेको छ । लुटेरा समूहको पहिचान भइसकेको एसपी कार्कीले  बताएका

All news in One Place