कुण्डल देवी बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

 कुण्डल देवी बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा थाहा नगरपालिकाको दामनमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन साधारण सभाका प्रमुख अतिथि थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले गरेका थिए । । साधारण सभामा संस्थाका कोषाध्यक्ष प्रदिप कुमार लामा थिङले ९४ लाख ६३ हजार ३ सय ३ रुपैंया ७६ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव रामकुमार बलले संचालन गर्नु भएको उक्त कार्यक्रममा कार्यालय व्यवस्थापक राजन मिश्रले संस्थाको वर्तमान स्थिति तथा संस्थाको प्रगति विवरण सुनाएका थिए । 

सहकारी संस्थाले उत्कृष्ट बचत तर्फ इशा लामा, विमला रायमाझी, प्रदिप प्रधान, सुवर्ण के.सी., शुशिल भुजेल असल ऋणी तर्फ पूर्ण बहादुर विष्ट, रामचन्द्र थिङ, श्रीजना रुम्बा, डोल्मा शेर्पा जेष्ठ सदस्य तर्फ बलराम खत्री र मान बहादुर थिङलाई सम्मान गरेको छ । 

कुण्डलदेवी बहुद्देश्यीय सहकारी संस्थाको अध्यक्ष शिव कुमार खत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा कुण्डलदेवी बहुद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष विनोद लामा, जिल्ला बहुद्देश्यीय सहकारी संघका कोषाध्यक्ष विमल कुमार ढकालले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । 

All news in One Place