बज्रबाराहीमा श्रीमद भावभद सप्ताह ज्ञान महायज्ञ
पौष १५ देखि २२ गते सम्म थाहा नगरपालिकाकाे बज्रबाराहीमा श्रीमद भावभद सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
सप्ताह ज्ञान महायज्ञ सम्पन्न पार्नको लागि शनिवार बज्रबाराहीमा महेश्वर सुवेदीको अध्यक्षतामा ६१ सदस्यीय समिति मकवानपुर थाहा बज्रबाराही शैक्षिक तथा मुल समारोह समिति गठन गरिएको छ । उपाध्यक्षमा राजेन्द्र विडारी, अति वरिष्ठ उपाध्यक्षमा सुमित्रा विडारी, वरिष्ठ उपाध्यक्षहरुमा योगेन्द्रमान श्रेष्ठ, विष्णु गोपाली, चित्र बहादुर बलामी, र शम्भुभक्त श्रेष्ठ, महा सचिवमा विष्णु गिरी, केदा बहादुर जोशी, उप महा सचिबहमा शशिधर सुवेदी, ईन्द्रबहादुर श्रेष्ठ, नरहरि गोपाली चयन हुनु भएको छ । कोषाध्यक्षमा सानुकाजी गोपाली, उप–कोषध्यहरुमा बालमुकुन्द सुवेदी, शंकर महर्जन, प्रमोद कृष्ण जोशी र रविन्द्र विडारी, वरिष्ठ सदस्यमा सुर्य बहादुर श्रेष्ठ, कल्पना बलामी, ईश्वर लाल रुम्बा, चमेली वाईवा र ललित सिंह ठकुरी, सदस्यमा मुक्तिनाथ उप्रेती लगायत ६१ सदस्यीय समिति गठन गरिएको हो ।
पौष १५ देखि २२ गते सम्म चल्ने श्रीमद् भागवद सप्ताह महायज्ञमा १०८ राष्ट्र शान्ति धार्मिक महोत्सवका अभियानता गुरु गोविन्द शरण महाराजको मुखार विन्दुबाठ प्रवचन हुने मूल समारोह समितिले जानकारी गराएको छ ।
मुक्तिनाथ उप्रेती
मुक्तिनाथ उप्रेती