जनकल्याण व्यवस्थापन समिति अध्यक्षमा फेरी राजीवकुमार स्याङ्दान निर्वाचित


थाहा नगरपालिका वडा नंम्बर ७ स्थित जनकल्याण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा फेरी राजीवकुमार स्याङ्दान निर्वाचित भएकाछन् । स्याङ्तान सहितका पदाअधिकारी २६ भदौमा भएको अभिभावक भेलाले सर्वसम्मत निर्वाचित गरेको हो ।
राजीवकुमार स्याङ्दान
संशोधित शिक्षा ऐन अनुसार समितिको सदस्यहरुमा सरिता विष्ट, सानुमैया विष्ट, अर्जुन सुनार र राजिब कुमार स्याङ्तानको उम्मेदवारी परेकोमा स्याङ्तानलाई अध्यक्षमा निर्वाचित गरेको थियो । व्यवस्थापन समितिको सदस्यमा डिना स्याङ्तान र निरोज प्रधानलाई मनोनयन गरेको छ । प्राविधिक शिक्षा बालीविज्ञान भित्र्याउन सफल भएको निर्माणाधिन २८ काठे भवनलाई पुर्णता दिने नवनिर्वाचित अध्यक्ष स्याङ्तानले प्रतिवद्धता जनाए । त्यसैगरि टाढाका विद्यार्थीहरुलाई होस्टेलको व्यवस्था, सुलभ स्वच्छ आन्तरिक क्यान्टिन व्यवस्थापन गर्ने, शैक्षिक गुणस्तरमा शतप्रतिशत नतिजाको लागि प्रयास गर्ने, सुलभ दरको कोचिङको व्यवस्था गर्ने र शिक्षकहरुलाई आईटी तालिमको समेत व्यवस्था गर्ने र जनकल्याण मावि केन्द्रिय सामुदायिक विद्यालय बनाउनमा जोड दिनेमा स्याङ्तानले प्रतिवद्धता व्यक्त गरे । 






All news in One Place