आफ्नै भवनमा स¥यो थाहा नगरपालिका
नेपाल सरकारले घोषणा गरेको दुई वर्षमै मकवानपुरको थाहा नगरपालिकाले आफ्नै भवन निर्माण गरी सेवा प्रदान गर्न शुरु गरेको छ । २०७१ वैशाख २५ गते घोषणा भएको थाहा नगरपालिकाले २६ भदौमा विधिवत रुपमा पूजापाठ गरेर थाहा–७ खेल्पुडाँडामा रहेको नयाँ भवनमा कार्यालय सरेको छ । नेपाल सरकारबाट दामन, पालुङ र बज्रवाराही गाविसलाई गाभेर थाहा नगरपालिका घोषणा गरिएको थियो । थाहा नगरपालिकाले यस अघि साविक दामन गाउँ विकास समितिको कार्यालय रहेको विकास घरमा कार्यालय सञ्चालन गर्दै आएको थियो ।
सरकारले नयाँ घोषणा भएको नगरपालिकाहरुको भवन निर्माणका लागि भनेर दिएको १ करोड १६ रुपियाँको अनुदानबाट भवन निर्माण भएको हो । वि.सं. २०७२ असार महिनामा सुरु गरेको भवन २०७३ असारमा निर्माण सम्पन्न गरेर निर्माण कम्पनीका सञ्चालक मिलन कार्कीले नगर प्रमुख भीम बहादुर परियारलाई २६ भदौमा नयाँ भवनको साँचो हस्तान्तरण गरेका थिए । भवन निर्माणसंगै कार्यालय परिसरमा पार्किङको व्यवस्था गरेको छ ।
कार्यालयको थप व्यवस्थापनको लागि घेराबार, प्रतिक्षालय तथा पार्किङ क्षेत्र निर्माण गरिने नगरपालिकाले जनाएको छ ।