मकवानपुर बहुमुखी क्याम्पसमा बिद्यार्थी माझ अदालत कार्यक्रम

बिद्यार्थी माझ अदालत कार्यक्रम शुक्रबार मकवानपुर बहुमुखी क्याम्पसमा भएको छ । पुनरावेदन अदालत हेटौँडाको आयोजनामा भएको कार्यक्रममा प्राध्यापकहरु, स्नातकोत्तर तहका बिद्यार्थीहरु लगाएत सहभागी थिए । कार्यक्रम पुनरावेदन अदालतका मुख्य न्यायाधिश हरिकुमार पोखरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अदालती प्रकृया, भ्रष्ट्राचार, राजनितीक दलको प्रभाव लगाएतका बिषयमा बिद्यार्थीले गुनासो गर्दै प्रश्न सोधेका थिए । मुख्य न्यायाधिश पोखरेल, न्यायाधिश रेवन्त बहादुर कुँवर, वैतनिक अधिवक्ता कृष्ण अर्याल, अधिवक्ता केशव काफ्लेले जवाफ दिएका थिए । पुनरावेदन अदालत हेटौँडाका रजिष्टार खड्गबहादुर श्रेष्ठले सहजिकरण गर्नुभएको कार्यक्रममा मकवानपुर
बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बच्चुराम अधिकारी लगाएतको आतिथ्य रहेको थियो ।
गतआर्थिक बर्षबाट शुरु भएको बिद्यार्थी माझ अदालत कार्यक्रम गतबर्ष २०७२/७३ मा हेटौँडामा दुई वटा भएको थियो । एउटा हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा गरिएको थियो भने सिद्धार्थ उच्च माबिका बिद्यार्थीका लागि अदालतमै गरिएको बताईएको छ । चालु आर्थिक बर्ष २०७३÷७४ मा तीन वटा कार्यक्रम गर्ने लक्ष्य रहेको पुनरावेदन अदालतका सूचना अधिकृत एवम् प्रबक्ता बद्री प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

All news in One Place