दोस्रो थाहा महोत्सवको तयारी पूरा ¥यालीसहित समुद्घाटन हुने

थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा बुधबारदेखि थाहानगरपालिका–७ इन्द्रायणी चउरमा हुने दोस्रो थाहा महोत्सव–२०७३ को तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको पूर्वप्रधानमन्त्री केपी शर्माओलीले उद्घाटन गर्ने भएका छन् । मेलाको तयारीस्वरुप सबै दुई सय ५० वटा स्टल निर्माण सकिएको छ । स्टेज निर्माण तथा सजावट, घेराबार, बाल उद्यान, प्रचारप्रसारलगायत सबै काम सम्पन्न भएको आयोजक संघका अध्यक्ष कविराज खत्रीले जानकारी दिए । 
उनका अनुसार महोत्सवको उद्घाटनपूर्व थाहानगर–१ ओखरबजारबाट सुरु हुने झाँकीसहितको ¥यालीले थानाबजार, दोबाटो, शिखरकोट, गोपाली गाउँदेखि जेसीज मार्गहुँदै महोत्सवस्थलमा पुग्ने छ । महोत्सवमा खाना, लत्ताकपडा, सूचना प्रविधि, दैनिक उपभोग्य बस्तु, घरेलु उत्पादन, पर्यटकीय जानकारीसहितका स्टल तथा कृषिका स्टलहरु रहनेछ । करिब तीन लाख अवलोकनकर्ताहरु आउने अनुमान गरिएको महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुले दैनिकरुपमा मनोरञ्जन प्रदान गर्ने संघका महासचिव सुरेन्द्रमान प्रधानले बताए । महोत्सवमा ३० गते ज्योति मगर, ३१ गते बद्री पंगेनी, असोज १ गते राधिका हमाल, मुलाको साग र जोगिन्दर, २ गते पशुपति शर्मा, ३ गते साहिमा श्रेष्ठ र पाँडे, जिग्री, ४ गते कोमल वली, ५ गते इन्दिरा जोशी, ६ गते सुनिल गिरी र रमेशराज भट्टराई, ७ गते चन्दा अर्याल र दिनेश थापा र ८ गते प्रमोद खरेलले साँगीतिक प्रस्तुति दिने महासचिव प्रधानले बताए । महोत्सव अवधिभर गायक टंक बुढाथोकीको र थाहा आइडल (गायन तथा नृत्य) प्रतियोगिताका प्रतिस्पर्धीहरुको बेजोड प्रस्तुति रहने महासचिव प्रधानले बताए । 


महोत्सवमा करिब पाँच करोड रुपियाँभन्दा बढीको व्यापार हुने अध्यक्ष खत्रीले बताए । बेमौसमी तरकारी खेतीको नामले परिचित मकवानपुरको उत्तरी क्षेत्रमा महोत्सवको अवसरमा हेटौंडा, वीरगञ्ज, काठमाडौं, चितवनलगायत क्षेत्रबाट अवलोकनकर्ताहरु आउने आयोजकको दाबी छ । महोत्सव थाहा नगरको आर्थिक, सामाजिक तथा पर्यटन प्रबद्र्धनको उद्देश्यसहित आयोजना गर्न लागिएको हो ।

All news in One Place