अरु दल अझै १० वर्ष एमालेले देखाएकै बाटोमा हिँड्छन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझ १० वर्षसम्म मुलुकमा जुनसुकै दलको सरकार आए पनि एमालेकै बाटोमा हिड्ने बताएकाछन् । उनले अहिलेसम्मको सरकारले गर्न नसकेको चमत्कारिक निर्णय र नीति एमालेले सरकारमा हुँदा गरेकोेले अब त्यसकै आधारमा अबको सरकार र अरु पार्टीले पछ्याउँदै काम गर्ने उल्लेख गरे । कुनै निर्णय र नयाँ काम गर्दा छिमेकी रिसाउला कि भनेर नगर्ने परिपार्टीलाई एमालेले तोडेको उनको भनाइ थियो । उनले भने ‘छिमेकीको रिसाउँदैमा आफ्नो घरमा चुलो बाल्न नहुने मानसिकता’बाट मुक्त हुनुपर्छ । ओलीले आफै आत्मनिर्भर हुनुपर्नेमा जोड गरेका हुन् ।
नेकपा एमाले थाहानगर कमिटीको आयोजनामा २८ भदौमा थाहानगरको विकास घरमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । विद्रोही र जनताका नेता रुपचन्द्र विष्टलाई सम्झदै उनले शालिकमा माल्यार्पण समेत गरेका थिए । कार्यक्रममा उनले रुपचन्द्र

ले विकासको विजारेपन गरेको थाहानगरमा कृषि र कृषिजन्य उद्योगको विकास गर्नुपर्ने सुझाए । नेपाली गरिब कहिल्यै नहुने र आफू गरिब छु भन्ने मानसिकताबाट टाढा  हुनपर्ने ओलीको भनाइ थियो । आफ्नै देशमा सबै स्रोत र साधनको मूल भएको उल्लेख गर्दै अब सदुपयोग गर्न अघि सर्नुपर्ने उनको भनाइ थियो ।
भारतले गरेको नाकाबन्दीमा आफू प्रधानमन्त्री हुँदा अर्को देशको विकल्प देखाएकोले अब कहिल्यै नाकाबन्दीको नेपाललाई नाकाबन्दी नगर्ने विश्वास व्यक्त गरे । उनले भने–‘सयवटा ट्याङकर इन्धन लिएर चीनबाट आउँछ भने हजार वटा पनि आउँछ, त्यसैले राष्ट्रियताको सवालमा कोही कसैसंग झुकिँदैन ।’  नेकपा एमाले थाहानगर कमिटीको आयोजनामा भएको कार्यक्रमलार्ई संवोधन गर्दै पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानलाई कार्यन्वयन नगर्ने तत्वहरु सक्रिय भएको बताएका छन् । विभिन्न बाहानामा संविधानलाई कार्यन्वयन हुनु पूर्व नै बाटो मोडिदिएपछि पछि कार्यान्वयनको बाटो नै टुट्ने भएकोले अरु  दलहरु त्यसको खेलमा लागेको उनको आरोप थियो । अध्यक्ष ओलीले नेपाललाई विकास हुनुबाट रोक्ने तत्वलाई पराजित गर्नको लागि एमाले तयार भएको बताए । एमाले सधै देश र जनताको पक्षमा रहेको बताउँदै ओलीले देश विकास एमालेबाट मात्र संभव भएको उल्लेख गरे ।
उभिएका मध्ये बीचका ओली दायाँ रुपचन्द्र विष्ट
राजनीतिले जनतालाई स्पष्टता दिनुपर्ने बताउँदै अरु दल विभिन्न जातीय मुद्दा उठाएर अलमल्याउने खेलमा लागेको बताउँदै ओलीले राजनीतिले विश्वासको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । 
थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा २९ भदौबाट थाहा नगरपालिकाको इन्द्रायणी चौरमा हुने दोस्रो थाहा महोत्सवको उदटन गर्न आएका ओलीले थाहानगर कृषिको क्षेत्रमा निकै संभावना रहेको क्षेत्र भएको बताउँदै आधुनिक कृषि प्रणालीलाई अंगाल्दै अर्गानिक खेतीतर्फ लाग्न सके थप फड्को मार्ने बताए ।
कार्यक्रमको अवसरमा एमाले थाहानगर कमिटी अध्यक्ष अच्युतम प्रसाद ढकालले नगरको वस्तुस्थिती तथा राजनीतिक अवस्थाको विषयमा जानकारी गराएका थिए । अध्यक्ष ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा  एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी, खगराज अधिकारी, केन्द्रीय सदस्य केदार न्यौपाने, विरोध खतिवडा, एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, २ नंबर क्षेत्रका सांसद सुभाषचन्द्र ठकुरी, ३ नम्बर क्षेत्रका सांसद अनन्त पौडेललगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको अवसरमा पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई थाहानगर कमिटिले मायाको चीनो प्रदान गरेको थियो ।
भेला हुनु अघि एमाले कार्यकर्ताहरुले अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले शिखरकोटमा फुलमाला लगाएर स्वागत गरेका थिए ।

All news in One Place