विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित

नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.)मा विगत लामो समयदेखि कार्यरत दैनिक ज्याालादारी कर्मचारीहरु व्यवस्थापनले स्थायी प्रक्रिया अगाडी नवढाएपछि स्थायीको माग गर्दै आन्दोलनको घोषण गरेका छन् । दैनिक ज्यालादारी संघर्ष समितिको हेटौंडामा सम्पन्न राष्ट्रिय भेलाले कार्तीक २ गतेबाट आन्दोलनको घोषण गरेको हो । ने.वि.प्रा.मा कर्मचारी अभाव भई कार्य सम्पादनमा अप्ठेरो परिरहँदा पनि व्यवस्थापनले विगत लामो समयदेखि काम गरिरहेका ज्यालादारी कर्मचारीलाई स्थायित्व दिन पहल नगरे पछि बाध्य भएर आन्दोलन गर्नुपरेको संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादवले बताए । 
ज्यालादारी कर्मचारीलाई व्यवस्थापन गर्न ने।वि।प्रा। मा हाल क्रियाशिल रहेका ५ वटै ट्रेड यूनियनहरुले सहमती जनाई सक्दा पनि ने।वि।प्रा। को व्यवस्थापन पक्षले आलटाल गरेको संघर्ष समितिको आरोछ छ । ने।वि।प्रा। मा हाल ४ हजार कर्मचारी दरबन्दी रिक्त हुँदा तिनै ज्यादारी कर्मचारी दिन रातको पर्वाह नगरि काम गरेको  तर व्यवस्थापनले त्यसको मूल्याङकन नगरेको समितिको आरोप छ । ज्यालादारी कर्मचारीको भरमा चलेको विद्युत प्राधिकरण हाम्रै स्थाईत्वका लागि पहल नगरे पछि आन्दोलन गर्न बाध्य भयौं यादवले भने ।  हाल ने।वि।प्रा। मा देश भरमा लगभग २५ सय ज्यालादारी कर्मचारी कार्यरत छन् ।
हेर्नुहोस् निर्णयहरु


All news in One Place