गोपालीगाउँबासी टोल सरसफाईमा झन सक्रिय
मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ गोपालीगाउँका स्थानीयहरुले आफ्नो टोल सरसफाई गरेका छन् । उनीहरुले गाउँमा गोपाली गाउँ टोल सरसफाई समिति नै गठन गरेर कार्यक्रम संचालन गरेका हुन् । गाउँ सरसफाई समितिका अध्यक्ष विक्रम गोपालीको अध्यक्षतामा २९ साउनमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रम गर्न रेडक्रसले सघाएको थियो ।
गोपाली गाउँमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मकवानपुरले भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत सरसफाई सहित आवास, स्वास्थ्य, जिविकोपार्जन, खानेपानीको क्षेत्रमा काम गर्ने जनाएको छ । रेडक्रसले थाहानगरको तीनवटा वडामा यस्तो कार्यक्रम संचालन गर्ने रेडक्रसका सामाजिक परिचालक नवीन कार्कीले जाकारी दिए ।
२९ साउनमा भएको कार्यक्रममा गोपाली गाउँ वरीपरि फालिएको प्लाष्टिक व्यवस्थापनको साथै अरु सरसफाईको कार्य गरेका थिए । आफ्नो गाउँघर सफा राखे आफैलाई फाइदा हुने बताउँदै सरसफाई गर्न अरु संस्था कुर्ने प्रथालाई अन्त्य गर्न स्थानीयहरु जागरुप भएको रेडक्रसका परिचालक नविन कार्कीले प्रतिक्रिया दिए । सरसफाई कार्यक्रममा गोपाली गाउँ सरसफाई समितिका उपाध्यक्ष ईश्वर मान गोपाली, सचिव राधा गोपाली, कोषाध्यक्ष माधव गोपालीलगायत रेडक्रसकी स्वयम्सेवक रुना खत्री, तथा स्थानीयहरुको उत्साहजनक सहभागिता थियो । मासिक रुपमा १ पटक अनिवार्य रुपमा गोपालीगाउँ सरसफाई गर्ने सरसफाई समितिले कार्य योजना नै बनाएको छ ।