फलफूल बितरण र बृद्धबृद्धालाई खाना खुवाईयो
२२ औँ विश्व आदिवासी दिवसको अबसरमा २१ साउनमा बिरामीलाई फलफूल बितरण र बृद्धबृद्धालाई खाना खुवाईएको छ । हेटौँडा अस्पतालमा उपचार गराई रहेका ६५ जना बिरामीलाई थारु कल्याणकारिणी सभा मकवानपुरले फलफूल बितरण गरिएको हो । थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरी, जिल्ला सभापती हरिलाल चौधरी, सचिव अमिता चौधरी लगाएतले फलफूल बितरण गरेका थिए ।
त्यस्तै, दिवसकै अवसरमा हेटौँडा–२ स्थित ओम बृद्धाश्रममा रहेका २१ बृद्धबृद्धालाई नेपाल मगर संघ मकवानपुरले खाना खुवाएको छ । संघले एकपटक खाना खुवाउन नगद तीन हजार रुपैँया बृद्धाश्रमका अध्यक्ष बुद्धीप्रसाद पौडेललाई हस्तान्तरण गरेको हो । कार्यक्रम विश्व आदिवासी दिवस आयोजक मूल समारोह समिति मकवानपुरका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा नेपाल मगर संघका जिल्ला उपाध्यक्ष शंकर थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष जानकी चौधरी, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, नेपाल तामाङ्ग घेदुङ्गका जिल्ला अध्यक्ष लिलाकुमार घलान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला सचिव अशोकसुजन श्रेष्ठ लगाएतको आतिथ्य रहेको थियो ।
दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत २२ साउनमा स्थानीय तहको पुनः संरचना सवाल बिषयक अन्तरक्रिया र बृक्षारोपण कार्यक्रम गरिने बताईएको छ ।