थाहामा सचेतनामुलक कार्यक्रम सम्पन्न

मकवानपुर थाहा नगरपालिकाको विकास घरमा एकदिने दलित सचेतना तथा अन्तरक्रिया कार्यक्रम सकिएको  छ । दलित समन्वय समिति थाहा नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । 
कार्यक्रममा थाहा नगरपालिका भरीको करिव १ सय ५० जनाको सहभागिता रहेको थियो । अन्तरक्रियामा दलितहरुलाइृ केन्द्रित गरेर सरकारले दिएको सेवा सुविधा लक्षितसम्म पुग्न नसकेको बताएका थिए । उनीहरुले सबै दलितको हकहितको लागि एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा समसामहिक दलित समुदायको वस्तुगत अवस्था विष्लेशण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थाहा नगरपालिकाका दलित समन्वय समितिका अध्यक्ष जमिन दियालीले दलितका मुक्तिका निमिक्त मोर्चावादी आवश्यकता रहेका बताए। 
दलित मुक्ति मोर्चा समाजका क्षेत्रिय सदस्य सिताराम सुनारको सभाध्यक्षतामा भएको अन्तरक्रिया दलित मुक्ति मोर्चा थाहानगरका सदस्य अर्जुन सुनारले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस दलित संघ क्षेत्रिय प्रतिनिधि पुरुषोत्तम विश्वकर्मा, मुक्ति समाज जिल्ला सदस्य कमार मिजार, नयाँ शक्ति नेपाल दलित प्रतिनिधि विनोद परियार, कमार विक, दलित मुक्ति मोर्चा जिल्ला सदस्य शिखा विश्वकर्मा लगायतले बोलेका थिए । 

All news in One Place