थाहानगरमा भूकम्पपीडित अनुदान सम्झौता शुरु (घरको नमुना फोटो सहित)
मकवानपुर थाहा नगरपालिकाका भूकम्पपीडितहरुका लागि २१ साउनबाट पहिलो चरणको अनुदान सम्झौता सुरु भएको छ । २०७२ बैशाख १२ र २९ गतेको विनासकारी भूकम्प तथा त्यसको पराकम्पनका कारण पीडित भएकाहरुलाई अनुदानका लागि सम्झौता शुरु गरिएको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रकाशन गरेको लाभग्राही सूचिमा नाम प्रकाशन भूकम्पपीडित संग सम्झौता गरिएको हो । थाहा नगरपालिकाको संयूक्त वडा सेवा केन्द्र पालुङ, दामन र बज्रवाराहीमा सम्झौता शुरु भएको हो । २१ साउनमा थाहा नगरपालिका बज्रवाराही संयूक्त वडा सेवा केन्द्रबाट २५ भूकम्पपीडित परिवारले अनुदान सम्झौता गरेको संयुक्त वडा सेवा केन्द्र बज्रवाराहीका सचिब सुनिल लामिछानेले जानकारी दिए ।
सम्झौता गर्न के के चाहिन्छ ?
राष्ट्रिय पुनः निर्माण प्राधिकरणले प्रकाशन गरेको लाभग्राहीको सूचीमा परेका भूकम्पपीडत परिवारले स्थानीय निकायबाट घरबार सम्झौता गर्न सक्नेछन् । थाहा नगरपालिको भने संयूक्त वडा सेवा केन्द्र पालुङ, दामन र बज्रवाराहीबाट घरबास सम्झौता गर्न सकिनेछ ।
अनुदान सम्झौता गर्नको लागि अनुदान लाभग्राही सूचिमा नाम निस्केका भूकम्प पिडितले नागरिकताको प्रमाण पत्रको प्रतिलिपि १ थान, जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी १ थान सर्वेक्षण निस्सा, पासपोर्ट साईजको फाटो ५ वटा र प्रतिनिधिको हकमा अधिकर प्रत्यायोजन कागजात लिएर वडा कार्यालय पुग्नुपर्ने थाहा नगरपालिकाले जनाएको छ ।
थाहा नगरपालिकाको पालुङको ७ सय ९४, दामनको एक हजार एकसय ४१, र बज्रवाराहीको एकहजार ३७ गरी कुल दुई हजार नौसय ७२ भूकम्पपीडित परिवारको लाभग्राही सूची पुनःनिर्माण प्राधिकरणले सार्वजनिक गरेको छ ।
यस्तो छ, नमुना घर
सरकारले भूकम्पपीडितहरुका लागि बनाउने गरेको नमुना सार्वनिक गरेको छ । घरको नमुना यस्तो रहेको छ ।
