मैत्रीपूर्ण भलिवलमा भारतसँग नेपाल पराजित
काठमाडौँ । भारतको राष्ट्रिय महिला भलिबल टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको कबर्डहलमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली भारतसँग ३ – ० को सोझो सेटमा पराजित भएको हो ।
एसियन र साग गेम्स खेलेका खेलाडीहरुको बाहुल्यता रहेको भारतीय टोलीसँग नेपाल पहिलो सेटमा २५ – २० ले पराजित भएको थियो । त्यस्तै दोस्रो सेटमा नेपाल २५ – १९ ले पराजित भयो । अन्तिम सेटमा भने नेपाल खेलमा फर्कने कोशिस गरेको थियो तर अन्तिम सेटमा पनि नेपाल २७ – २५ ले पराजित भएपछि खेल नेपालले सोझो सेटमा गुमाएको हो ।
नेपाल र भारतबीच अब शुक्रबार दोस्रो मैत्रीपूर्ण खेल हुनेछ । नेपाल भलिबल संघको निमन्त्रणामा भारतीय टोली नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका हो । त्यस्तै संघको बार्षिक कार्यक्रम अन्तर्गत तथा भलिबलको सर्बोच्च सस्था एफआइभीबीको सहयोगमा नेपालले ‘जरफ्लोर टाराफ्लेक्स’ प्राप्त गरेपछि त्यसको उद्घाटनको अवसरमा नेपालले भारतसँग मैत्रीपुर्ण खेल खेलेको हो ।