बक्सिङका पूर्व राष्ट्रिय खेलाडी इन्द्रबहादुर मगरको निधन



काठमाडौँ । क्यान्सर रोगबाट पीडित  बक्सिङका पूर्व राष्ट्रिय खेलाडी इन्द्रबहादुर पुन मगरको निधन भएको छ । दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता इन्द्र बहादुरको बिहीबार राती उपचारको क्रममा निधन भएको हो ।
आन्द्राको क्यान्सरबाट पीडित ४७ वर्षे मगरको ललितपुरस्थित हरिसिद्धी नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । मगर दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । मगरको पार्थिब शरीरलाई श्रद्धाञ्जलीका लागि शुक्रबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा राखिएको थियो ।  मगरको  पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पा, बक्सिङ संघका अध्यक्ष राम अवाले, निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ,  प्रशिक्षक, खेलाडी तथा शुभचिन्तकहरु रंगशाला पुगेको श्रद्धाञ्जली दिएका थिए । उनको गृह जिल्ला तनुहँमा शुक्रबारै दाहसस्कार गरिने छ ।
मगरले सन् १९९० को काठमाडौँमा भएको आठाैं साफ गेममा कास्य पदक जितेका थिए । त्यस्तै २०५१ सालमा महेन्द्रनगरमा र २०५३ सालमा भएको राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जित्न मगरले वाईएमसीए इन्टरनेसनल बक्सिङ च्याम्पियनसिप (दिल्लीर१९९७) र मेयर्स कप (मनिलार१९९८) मा कांस्य  पदक जितेका थिए  । त्यस्तै उनले बिस २०५३ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । त्यस्तै मगरले ओलम्पिक छनोट खेलसमेत खेलका थिए । मगरको श्रीमती, एक छोरा र एक छोरी छन् ।
मनद मिजार,काठमाडौँ

All news in One Place