खेल मैदान निर्माणमा ७८ लाख खर्च
हेटौँडा,१० साउन
मकवानपुर जिल्ला खेलकुद विकास समितीले एक वर्षको अवधिमा मकवानपुरमा खेल मैदान निर्माणको लागि ७८ लाख रुपैँया खर्च गरेको जनाएको छ । हेटौँडामा एक वर्षको गतिविधि सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समिती मकवानपुरका अध्यक्ष माधव तिमल्सीनले यो वर्ष जिल्लाभरमा १६ स्थानमा खेल मैदान निर्माणको लागि ७८ लाख रुपैँया खर्च भएको बताए ।
समितीले बोलहर खेलकुद मैदान राईगाउँको लागि ५ लाख,फापरबारी खेल मैदानको लागि ५ लाख, शिखरपुर खेल मैदानको लागि ३ लाख सहित १६ स्थानमा खेल मैदान निर्माणको लागि ७८ लाख रुपैँया दिएको बताए ।
खेल मैदान निर्माण तर्फ सबैभन्दा धेरै हुप्रचौर खेल मैदान निर्माणको लागि १५ लाख रुपैँया खर्च गरेको छ ।