अनेरास्ववियु क्षेत्र नं ३ मा अधिकारी


aakash.jpg

हेटौँडा,१० साउन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर क्षेत्र नं ३ को अध्यक्षमा आकाश अधिकारी चयन भएका छन् । शनिबार भएको क्षेत्रीय अधिवेशनले अधिकारीको अध्यक्षतामा २७ सदस्यीय क्षत्रीय कमिटी निर्माण गरेको हो ।
कमिटीको उपाध्यक्षमा सञ्जय चौधरी, सचिव आशिष रौनियार, कोषाध्यक्ष विना घिसिङ, सहसचिवहरु सञ्जय सुवेदी, आयुष्मा महत तथा लक्ष्मण थापा  चयन भएका छन् । सदस्यहरुमा वालकृष्ण दाहाल, समिर लामा, बुद्धरत्न स्याङतान लगाएतको रहेका छन् ।
नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियुकी केन्द्रीय सचिवालय सदस्य सुजता पोखारेल, केन्द्रीय सदस्यहरु सन्तोष पौडेल, विभा प्याकुरेल, एमाले जिल्ला सदस्य नविन सिग्देल, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाँई, अनेरास्ववियु मकवानपुरका कोषाध्यक्ष विशाल पौडेल, जिल्ला सदस्यहरु जय न्यौपाने, भुवन मैनाली, पुस्कर तिमल्सीना, प्रमोद फुँयाल, विना देवकोटा लगाएतको आतिथ्यता रहेको थियो ।
अध्यक्ष भएपछि प्रतिक्रिया दिँदै अधिकारीले नयाँ कमिटीले विद्यार्थीको हक हधिकारको लागि अझ शसक्त भएर लाग्ने बताए । मकवानपुरको क्षेत्र नं ३ मा पनि गरिव भएकै कारण केहि विद्यार्थीहरु पढन बञ्चित भएको बताउँदै उनीहरुलारुई पढने वातावरण सृजना गर्ने तथा छात्राबृद्धिको लागि सरकारी तथा गैरसरकारी सस्थासँग समन्वयकारी भुमिका निर्वाहा गर्ने उनको भनाई रहेको छ ।

All news in One Place