युवा परिषद् मकवानपुरमा सन्तोष चौलागाईको नेतृत्व
राष्ट्रिय युवा परिषदको काठमाण्डौमा भएको केन्द्रीय बैठकले विभिन्न ६० जिल्लामा युवा परिषद अध्यक्ष चयन गरेको छ । मकवानपुरमा युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाँईलाई चयन गरेको हो ।
मकवानपुरे युवा परिचालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका चौलागाँई अध्यक्षमा चयन गरिएको राष्ट्रिय युवा परिषद केन्द्रले जनाएको छ । युवाहरुको भुमिकालाई थप रचनात्मक क्रियाकलाप गर्नको लागि परिषदको निर्माण गरिएको हो । परिषदको वाँकी ४ जना सदस्यहरु भने केहि दिनमा चयन हुने जनाईएको छ ।
अध्यक्ष भएपछि प्रतिक्रिया दिँदै अध्यक्ष चौलागाँईले आफुलाई थप जिम्मेवारी प्राप्त भएको र आएको जिम्मेवारीलाई गम्भिरतापूर्वक पालना गर्ने बताए ।