पालुङका एक र अरु तीनजना लागुऔषध डाईजेपाम सहित हेटौंडामा पक्राउ

ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरले लागुऔषध डाईजेपाम सहित दुईजनालाई पक्राउ गरेको छ । १४ साउनमा हेटौडा उपमहानगरपालिका १७ रातोमाटेमा रहेको प्रहरी चेकपोष्टमा बीरगंजबाट काठमाण्डौ तर्फ जांदै गरेको  ना १ ज २८९२ नंम्बरको टाटासुमो चेकरजाँच गर्ने क्रममा यात्रा गरी आएका मकवानपुर पालुङ ६ का ३२ वर्षिय सुरज सिंह ठकुरी र काठमाण्डौ नारानथानकी २१ वर्षिया सुनिता शर्मा पक्राउ परेका हुन् । उनीहरुलाई ग्याँसको सिलिन्डर भित्र लागुऔषध डाईजेपाम ३०० एम्पुल र फेनार्गन ६०१ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई लागुऔषध सहित आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जाएको छ । 
यसैबीच मकवानपुर प्रहरीले बीरगंजबाट हेटौडा तर्फ आउंदै गरेको  ना १ ज ५२७० नंम्बरको यात्रुबाहक माईक्रोबस चेकरजाँच गर्ने क्रममा चितवन खैरहनी नगरपालिका वडा नं. १ बस्ने २९ वर्षिय उद्धब धमला र चैनपुर २ बस्ने २४ वर्षिय रोहन गन्धारीलाई लागुऔषध खैरो हेरोईन १० ग्राम सहित पक्राउ गरेको छ । 


All news in One Place