सिंहलाई भौतिक कार्बाही गर्ने चेतावनी

कांग्रेस नेता अमरेशकुमार सिंहले संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक बिमारीको संज्ञा दिएको कारण हेटौंडामा विरोध ¥याली निकालिएको छ ।
सांसद सिंहले गरिमामय व्यवस्थापिका संसदमा मर्यादा बिर्सिएर प्रधानमन्त्रीलाई गलत अभिव्यक्ति दिएको भन्दै संसदीय प्रक्रिया अनुसार कारबाही माग गरेको हो । ‘भारतको इसारामा एमाले नेतृत्वको सरकार ढाल्न चलखेल गरेका सिंहले राजिनामा नदिएको कारण अभिव्यक्ति दिनु संसदीय मर्यादा कुल्चनु हो,’ क्षेत्रीय अध्यक्ष चन्द्र शाहीले भने– सिंहलाई देश निकाला गर्नु पर्दछ ।
एमाले जिल्ला सचिवालय सदस्य नवीन सिग्देलको प्रमुख आतिथ्तामा भएको विरोध ¥यालीमा युवा संघ नगर अध्यक्ष तिर्थ क्षेत्री, सचिव नरेन्द्र भण्डारी, संघ जिल्ला सदस्य सानु लामा, सुनिल लोप्चन, युवा संघ २ नं. क्षेत्रीय अध्यक्ष सागर पाण्डे, अनेरास्ववियु ३ नं. क्षेत्रीय अध्यक्ष आकाश अधिकारी, जिल्ला सदस्य प्रमोद फु“याललगायतको उपस्थिति थियो । अमरेश सिंहलाई कानुनी कार्बाही नभए युवा संघले भौतिक कार्बाही गर्ने चेतावनी दिएको छ । विदेशी शक्तिको चलखेलमा नाच्नेलाई युवा संघले बा“की नछोड्ने युवा संघको चेतावनी छ ।

-नवीन तिमल्सिना/हेटौंडा

All news in One Place