मकवानपुरमा पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यू
![]() |
फोटो: सुरेन्द्र थिकेर/भीमफेदी |
मकवानपुरको भिमफेदी गाबिस वडानंम्बर ५ सोलाभन्ज्याङमा ११ साउन बिहान पहिरोले पुरीएर एकै घरका तीन जनाको मृत्यु भएको छ । पहिरोले एक्कासी बसेको घर पुर्दा सोलाभन्ज्याङका २५ बर्षिय टेकबहादुर रुम्बा, उहाँकी श्रीमती २३ बर्षिय पार्बती रुम्बा र छोरा ५ बर्षिय बिकाश रुम्बाको प्ुरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताए । पहिरो गए राती कतिखेर गएर घर पुरेको भन्ने कुरा जानकारी नआएपनि भिमफेदी प्रहरीलाई भने बिहान ४ बजे खबर आएपछी गएको गौतमले बताए ।
![]() |
फोटो: सुरेन्द्र थिकेर/भीमफेदी |
पहिरोले पुरीएका मृतकहरु तीनै जनाको सब बिहान प्रहरी, स्थानिय वासिन्दाको सहयोगमा निकालीएको छ । सबको पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीमा ल्याइएको छ । साउन महिना लागेयता दिनहुँ परेको अबिरल बर्षाले सोलाभञ्ज्याङ जाने नयां सडक र्निमाणमा खनिएको पहाड एक सय मिटरमाथी बाट झरेको पहिरोले एक घर पुरीदा घरमा रहेका तीन जनाको ज्यान गएको भिमफेदीका स्थानिय सुरेन्द्र थिकेले जानकारी दिए ।
बितेको बर्षको बैशाख १२ गतेको भुकम्प पछी भुगर्भबिदले भीमफेदीको सोलाभञ्ज्याङ,उर्लाघारी,काफलचौर तथा ढड्ढाघारी पाखा बस्नको लागी असुरक्षित भनिएको थियो । तर पनि सरकारले उचित रुपमा बासको ब्याबस्था नगर्दा धाँजा फाटेको ठाउँबाट नै पहिरो गएको थिकेले बताए ।
विवश अधिकारी/हेटौंडा