शिखरकोटमा महिन्द्रा बोलेरो पिकअप दुर्घटना
थाहा नगरपालिका वडा नम्बर ७ शिखरकोट विकास घर अगाडि ३१ असार साँझ महिन्द्रा बोलेरो पिकअप दुर्घटना भएको छ ।
![]() |
फोटोः रोशन रायमाझी/विकासखबर |
गोपालीगाउँबाट तरकारी लिएर शिखरकोट तर्फ जाँदै गरेको ना ३ च ६१४९ नम्बरको निजी महिन्द्रा बोलेरो पिकअप दुर्घटना भएको हो । महिन्द्रा बोलेरो हुँदा चुनीदेवी मन्दिरको सार्वजनिक पाटी पनि क्षति भएको छ । घटनामा कुनै पनि मानवीय क्षती भएको छैन । चालक सामान्य घाइते भएका छन् ।
![]() |
फोटोः सानोबाबु मोक्तान/विकासखबर |