दिवंगत रुपचन्द्र विष्टको शालिकमा माल्यार्पण
थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको शालिकमा माल्यार्पण गरिएको छ ।
विष्टको १७ स्मृति दिवसको अवसरमा उनको जन्मथलो मकवानपुर थाहानगरको विकास घर प्राङ्गणमा रहेको शालिकमा सांसद रामनारायण विडारीले माल्यार्पण गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेस थाहानगरका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, नेकपा एमालेका ज्ञानेश्वर ढकाल, माओवादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझीलगायतकाको आतिथ्य रहेको थियो ।
रुपचन्द्र विष्ट शालिक निर्माण समितिका अध्यक्ष राजेश केसीको सभाध्यक्षतामा भएको कार्यक्रममा सांसद विडारीले बजेट भाषणमै रुपचन्द्र विष्ट प्रतिष्ठानको सवार उठाएर सरकारले पनि सम्झेकोमा धन्यवाद दिए । उनले भनेका, लेखेका कुरालाई व्यवहारमा उतार्नु आवश्यक भएको बताए । स्मृति दिवसकै अवसरमा थाहा नगरपालिका वडा नंबर ८ मा निर्माणाधिन रुपचन्द्र स्मृति भवन परिसरमा वृक्षारोपन गरिएको छ ।