‘थाहा जोगाउने कि, फैलाउने ?’
यादवजंग रायमाझी |
थाहानगरपालिका वडा नंबर ८ शिखरकोटमा रहेको नव जागृत पुस्तकालयका एकजना पुराना अध्यक्षज्युलाई मैले सोधे–‘पुस्तकालयको भाडा आउँथ्यो त्यत्रो पुस्तकहरु थिए तर निरन्तर संचालनमा नआउँदा प्रयोग बिहिन भएर बस्यो ।’ जवाफमा–‘बन्द भए पनि बोरामा कोचेर मैले र मेरो नेतृत्वको समितिले त्यो पुस्तकहरुलाई जोगाएर राख्देको छौ थियौ’ भने । मलाई असाध्यै मनमा जिज्ञासा जाग्न थाल्यो । मैले आफैलाई प्रश्न गर्न थाले–पुस्तकालयको किताब बोरामा कोचेर राख्नुका लागी हो ? बोरामा कोचेर राखेको किताबले मानिसलाई ज्ञान दिन्छ ? दिन्छ भने कस्तो ज्ञान दिन्छ ? पाठकले पढ्न पाउनु पर्ने किताब बोरामा कोचेर राख्ने समितिले दिएको यो जवाफ सही र चित्त बुझ्दो छ ? के त्यो समितिले गरेको त्यो कार्य जायज थियो होला ? विडम्वना, यो सबै सवालको जवाफ पक्कै पनि ‘होइन, छैन’ नै हुन्छ ।
पुस्तकालय चलाउने र पाठकलाई पढ्ने वातवरण मिलाउने जिम्वेवारी बोकेको समितिले जसरी ज्ञानलाई बोरामा रद्दी झै कोचेर राखे । केहि हदसम्म ‘थाहा’ दर्शन त्यस्तै त्यस्तै परिधिमा घेरेर तारबार गरेर राखियो । जसले ‘थाहा’ दर्शनको हुनु पर्ने जती चर्चा प्रचार हुन सकेन । ‘थाहा’ बारे जान्न, सिक्न, बुझ्न खोज्नेहरु जान्न, सिक्न र बुझ्नबाट बञ्चित रहे । यहाँसम्म उल्लेख भएका वाक्यहरुले नै ‘थाहा’ केन्द्रीत भएर बसेकाहरुलाई बिझ्न थालीसकेको हुन सक्दछ । वास्तविकता यही हो । ‘थाहा’ दर्शनले सम्पुर्ण मानव जातीले ज्ञान पाउनु पर्दछ, जान्नु पर्दछ, जान्न उत्सुक हुनु पर्दछ भनेर सिकाउँदछ । अतः यो सबैको थियो, हो, रहने छ तर केहि दल केही ब्यक्तीहरुको समुहले थाहालाई मेरो र हाम्रो भने .... पेवा गरेर खुम्च्याई दिए । यसलाई फैलन नै दिएनन् । बढ्नै दिएनन् । अर्का थरिले ‘थाहा’ बढे रुदानेको नाम आउने, रुदानेको नाम बढे थाहा हाम्रो भन्ने दल र समुह बलियो हुने सोचाईले ‘थाहा’ बढोस् भन्ने नै चाहेनन् थाहालाई अपनाउन नै सकेनन् । ‘थाहा’ र रुदानेका नाममा भएका कार्यकमहरुलाई अघोषित बहिष्कार गरी रहे । यसरी यो जीवनोपायोगी दर्शन सानो घेरामा सिमित हुँदै बस्यो अनि बसाईयो ।
यस दर्शनका प्रवर्तक रुदानेले ‘थाहा’ को सबीस्तार बर्णन गरेर कुनै लिखित पुस्तक वा दस्ताबेज नराखेकोले पनि..... र आफुलाई यस दर्शनको अनुयायी, रुदानेको चेला (स्वघोषित किनकी रुदानेले सधै भन्थे मान होइन जानु) ठान्नेहरु साथै जनमुखी राजनितिमा रुदानेसँग सहकार्य गरेकाहरुको कुनै संगठित संस्था नभएकोले पनि रुदाने जिवित छँदासम्म उनीद्वारा लिखित पर्चा, कविता मकवानपुर भित्र र राजनितिमा चासो राख्ने सिमित रुदानेलाई चिन्ने ब्यक्तिहरु बिच मात्र ‘थाहा’ दर्शन फैलन पायो । त्यो माथी त्यो बेलाको शोषक र सत्ता रुदाने र ‘थाहा’ दर्शनको बिरोधी त छदै थियो ।
रुदानेको स्वर्गारोहणपछि बनेको समितिले रुदानेको पर्चा, भाषण, राष्ट्रिय पंचायतलाई गरेको संम्बोधन, उनीसंग जोडिएका प्रसंगहरुको संगालोलाई पुस्तकको रुप दिएर ुथाहाु पुस्तक निकालेर राम्रो सुरुवात गरेका हुन । यस पुस्तकले रुदानेको ब्यक्तित्व राजनितिक छबी ‘थाहा’ दर्शनको बारे बुझ्न खोज्नेहरुलाई थुप्रै जानकारी दिन सफल नै रही रहने छ । तर यती उपायोगी पुस्तक सर्वसुलभ बनाईएन न मुल्यको आधारमा, न सुलभ उपलब्धता र न प्रयाप्तताको आधारमा नै सबै हिसाबले पहुँच बाहिर पु¥याइयो ।
दामनपालुङ सयुक्त गाबिसको आर्थिक सहयोग र खेलकुद विकास समितिको आयोजनामा हुने ‘थाहा’ रनीङ शिल्ड भलिबल प्रतियोगीताले ‘थाहा’ नामलाई जिवित राख्ने सम्मको काम गरेको थियो । यो बाहेक रुदानेको तस्बिर र शालिकमा जन्मोत्सबका दिन तथा स्मृती दिवशको दिन माल्यार्पण.. सानो भेलाको आयोजना पनि गर्दै आईयो । गर्नेले यो काम राम्रै गरेका हौ भन्ने बुझेका छन् । बुझ्दै आएका छन्, किनकी उनिहरुलाई लागेको छ ‘थाहा’ जप्नु ‘थाहा’ जिवित राख्नु नै ठुलो कुरा हो । जबकी ‘थाहा’ बाँढ्नु ‘थाहा’ दिनु मुख्य कुरा हुन् । रुदानेको बिचार र भनाई हेर्ने हो भने पनि यस्तै यस्तै नै हो ।
रुदानेको स्वर्गारोणपछि ‘थाहा’ को नाम राखेर बनेका संस्थाहरु, त्यो संस्थाले गरेको कार्यक्रमहरु त्यो बाहेक ‘थाहा’ जोडिएर भएका अन्य विविध गतिविधी हेर्दा ‘थाहा’ मौलाएको फैलीएको ‘थाहा’ बढेको देखिन्छ । ‘थाहा’ सबैले बुझेको झै लाग्दछ । रुदाने बारे मकवानपुरे सबैले सबै जानेको छन् भन्ने भान पर्दछ । यो पंक्तीकारको पनि यही भ्रमपुर्ण बुझाई थियो । ‘सत्य थाहा हुँदा झुट नाश हुने’ भनौ या “सत्यको परिचय भ्रमको उल्टो ‘थाहा’ भनौ ...हो त्यो भ्रम, त्यो झुट त्यती बेला नाश भयो जब गएको पौष २६ लाई (रुदानेको जन्मोत्सवलाई) लक्षित गरी गरिएको कार्यक्रममा ‘थाहा’ दर्शन बारे निबंन्ध लेख्न सक्ने माध्यमिक तह स्तरीय विद्यार्थी नै भेटिएन । ‘थाहा’ सबैले सुनेका थिए । रुपचन्द्र बिष्ट पनि सबैलाई थाहा थियो तर ‘थाहा’ दर्शन के हो ? ‘थाहा’ थिएन । रुदाने नाम थाहा थियो तर रुदानेको बारेमा थाहा थिएन । अझ उदेक लाग्दो कुरा रुदानेले स्थापना गरेको अध्यापन गराएको स्कुलका विद्यार्थी समेतलाई यो सबै ‘थाहा’ थिएन । सोही जन्मोत्सवमा गरिएको माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीतामा रुदाने र ‘थाहा’ दर्शनसंग सम्वन्धित रहेर सोधिएको प्रश्नको २० प्रतिशत मात्रै सही जवाफ दिईएको पाईयो । अब सोचौं हामीले जोगाई राखेको ‘थाहा’ कती फैलिए छ । निरपेक्ष बनीको मुल्याङ्कन गरौ ‘थाहा’ कती खुम्चिएछ ।
अब के गर्ने ? अब ‘थाहा’ जोगाउनु सँगै फैलाउने बढाउने । ‘थाहा’ु बारे ‘थाहा’ भएकाहरुले जान्न सिक्न ईच्छुकरुलाई बुझाउने । रुदाने र ‘थाहा’ बारे लेख, रचना, पुस्तक छाप्ने देशैभर फिजाउने यो माध्यम सशक्त हुनेछ । सार्थक हुनेछ । युग पाठकद्वारा लिखित उर्गेनको घोडामा ‘थाहा’ दर्शन बारे पाएको सानो जानकारीको प्रभावले पुर्वी नेपालका अभिषेक नेम्वाङ नामका युवा पूर्वका चोक र भित्ताहरुमा ‘थाहा’ लेख्दै हिँडीरहेका छन । उनी भन्छन “हाम्रो समुदाय चेतना र ज्ञानको कमिले पिछडिएको छ, यो माध्यम अर्थात ‘थाहा’ दर्शनको माध्यमले म हाम्रो समुदाय र समाजमा ज्ञान जगाउन कोशिस गर्दैछु । किनकी ुथाहाु दर्शन सुतेकालाई ब्युझाउने नबुझेकालाई बुझाउने प्रभावकारी माध्यम रहेछ ।’ एउटा पुस्तकमा पढेको एक टुक्रा ुथाहाुकै कारणले हुन त ज्ञानको सानो झिल्कोले सत्य, तथ्य, जगत बुझ्न प्रयाप्त हुन्छ त्यस्ते एउटा मानिसलाई यसरी प्रभाब पार्दछ (थाहाको शक्ती नै यही हो) । हो, यसैले ‘थाहा’ बारे ‘थाहा’ भएकाहरुले ‘थाहा’ फैलाउन कलम चलाउन् थाल्नोस् । ‘थाहा’लाई जोगाए नभन्नोस ज्ञान जोगाउने होइन बाँड््ने हो ‘थाहा’ जोगाउने होइन फैलाउने बढाउने हो । यो बाहेक रुदाने र ‘थाहा’सँग जोडिएका दस्ताबेज र सरसामनलाई संकलन गर्ने (जुन बन्दैछ) । जसले यि दुईबारे अध्ययन गर्नेलाई मद्दत पु¥याउने छ । स्मृती दिवस र जन्मोत्सबलाई औपचारिक्तामा सीमित नराखी यो दुई दिनलाई पनि ‘थाहा’ बारे सिक्ने सिकाउने अवसरको रुपमा प्रयोग गर्ने । आगे ‘थाहा’ जोगाएकाहरुले फैलाउने चेतनाको विकास गर्ने ।