सुचना
»
आधा दर्जन कर्मचारी आवश्यकता
आधा दर्जन कर्मचारी आवश्यकता
मकवानपुरको उत्तरी क्षेत्रबाट प्रकाशित एक मात्र छापा संचार विकास खबरपत्रिका साप्ताहिकले आधा दर्जन कर्मचारी माग गरेको छ । विगत आठ वर्षदेखि नियमित प्रकाशन भइरहेको साप्ताहिक पत्रिका विकास खबरपत्रिकाले बजारमा पत्रिका वितरणलाई बढवा दिनको लागि कर्मचारी माग गरेको जनाएको छ ।
नेपाल सरकार प्रेस काउन्सिलबाट ‘क’ वर्गको मान्यता प्राप्त विकासले सदरमुकाम हेटौंडा सहित अधिकांश ग्रामिण क्षेत्र र थाहानगरमा कर्मचारी माग गरेको छ । यसैवर्षबाट अनलाईन संस्करण समेत संचालन गरेको विकास खबरपत्रिकाले थाहानगरको दामन बजार, शिखरकोट, बज्रवाराही, उत्तर पश्चिम गाविस आग्राको डाँडाबास, टिष्टुङको नौखण्डे र सदरमुकाम हेटौंडाका लागि एक÷एक जना वितरकका लागि दरखास्त आव्हान गरेको हो ।
इमान्दार, पत्रिका वितरण गरी पैसा संकलन गर्न सक्ने क्षमता भएको व्यक्तिले दरखास्त दिन सकिने पत्रिकाले जनाएको छ । नेपाली टाइप गर्न सक्ने क्षमता भएमा त्यस्ता दरखास्तवलालाई प्राथमिकता दिइने विज्ञापनमा उललेख गरेको छ । दरखास्त दिनको लागि नेपाल सरकारबाट प्रमाणित परिचय खुल्ने परिचयपत्र, बायोडाटा र पासपोर्ट साइजको फोटो एक थान फोटो संलग्न गर्नुपर्ने छ । उमेद्वारले थप जानकारीका लागि
bikaskhabar@gmail.com मा इमेल गर्न वा ०५७–४०००१० मा फोन गरेर पनि बुझ्न सक्नेछन् । प्रकाशनले मकवानपुर स्थित थाहा नगरपालिका वडा नं. ७, शिखरकोटमा रहेको कार्यालयमै पुगेर पनि निवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।