हाजिरी जवाफमा रुपनारायण अब्बल
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० २ नं. क्षेत्रीय कमिटीको आयोजनामा भएको इलाकास्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगितामा रुपनारायण माध्यमिक विद्यालय बुढीचौर अब्बल ठहरिएको छ ।
सुकौरा जनता माविमा आयोजित भएको कार्यक्रममा रुपनारायण प्रथम भएको हो । प्रतियोगितामा जनक मावि आमभञ्ज्याङ द्वितीय, आमभञ्ज्याङकै जाल्पादेवि मावि तृतीय भएको छ । जनता मावि सुकौरा सान्त्वना भएको छ । प्रतियोगितामा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको छ । अनेरास्ववियुले विद्यार्थीको बौद्धिक ज्ञान अभिवृद्धि र समसामयिक घटना क्रममा सूसुचित बनाइराख्न हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । अनेरास्ववियु जिल्ला सचिवालय सदस्य तथा २ नंं क्षेत्रीय इञ्चार्ज पुष्कर तिमल्सिनाको प्रमुख आतिथ्यता तथा २ नं। क्षेत्रीय सहसचिव राजेश नेपालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमाले २ नं. क्षेत्रीय
सदस्य बीरबहादुर रुम्बा, एमाले सुकौरा गाउ“ कमिटी अध्यक्ष रमेश न्यौपाने, अनेरास्ववियु जिल्ला सदस्य प्रमोद फु“याल, जनताका सहायक प्रधानाध्यापक ज्ञानबहादुर रुम्बालगायतकाले विजयी विद्यार्थीलाई पुरस्कृत गरेका थिए । प्रतियोगितामा ४ विद्यालयले सहभागिता जनाएका थिए ।