मकवानपुरमा आयातित काठ बिस्थापन गर्न सकिने : मन्त्री सापकोटा

सापकोटाले भुकम्प पछिको पुनः निर्माणमा काठको माग बढेकाले असारबाट नै भुकम्प पिडितलाई काठ उपलब्ध गराउन राज्यको तर्फबाट पहल गरिने बताए । मन्त्री सापकोटाले स्थानियले नै वनको संरक्षण गर्न सक्ने बताउदै माफियाहरुबाट जोगिदै संरक्षणमा लागिपर्न स्थानियलाई आग्रह गरे । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुर्य बहादुर थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर ४ का सांसद राजाराम स्यान्तान, मकवानपुरबाट समानुपातिक तर्फका सांसद रामनारायण बिडारी, माओबादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।