जनतामा बक्तृत्वकला
४४ औँ बिश्व वातावरण दिवसका अवसरमा फापरबारी ६ मा रहेको जनता उच्च माबिमा बक्तृत्वकला प्रतियोगिता भएको छ । वातावरण संरक्षणमा बिद्यार्थीको भुमिका बिषयक प्रतियोगितामा २२ जना बिद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ८ की मिरा पाख्रिन प्रथम, कक्षा १० का सौगात रुम्बा दोश्रा, कक्षा १० का सुनिता थिङ्ग तेश्रा र कक्षा १० कै राजकुमार थोकर सान्त्वना भएका थिए ।
कार्यक्रममा जनता उच्च माबिका शिक्षकद्वय देवकुमार श्रेष्ठ र हेमबहादुर बि.क. निर्णायक रहनु भएको थियो । कार्यक्रम प्लान ईन्टरनेशनल मकवानपुरको सहयोगमा सामुदायिक उर्जा तथा पर्याबरण बिकास मञ्च मकवानपुरले आयोजना गरेको हो ।
कार्यक्रममा बिद्यालयका प्रधानध्यापक बसन्त राईको प्रमुख आतिथ्य तथा जनता उच्च माबिको अतिरिक्त क्रियाकलाप समितिका संयोजक रामबहादुर थोकरको अध्यक्षता रहेको थियो । कार्यक्रममा सहमागीलाई बिद्यालयका प्रधानध्यापक राईले पुरस्कार बितरण गर्नुभएको थियो । बिद्यालयका शिक्षक शंकर कुमार पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक केदारप्रसाद सापकोटाले समयपालकको भुमिका निर्बाह गर्नुभएको थियो ।