ट्रेड युनियन मकवानपुरको अध्यक्षमा अर्याल

संगठनले कोषाध्यक्षमा राजेन्द्र चौँलागाँई, सहसचिवमा केशब कौशिक तथा सदस्यहरुमा पार्वति पौडेल, ठाकुर पौडेल, मानकुमारी भट्टराई, तथा रामप्रसाद दाहाललाई चय गरेको छ । उता राष्ट्रिय कर्मचारी संगठनले सचिवमा वसन्तराज गौतम तथा एकजना सदस्यमा शान्ति खनाललाई पठाउने जनाएको छ । युनियनले भने हालसम्म कुनै निर्णय नगरेको जनाईएको छ । युनियनको तर्फबाट एक उपाध्यक्ष र एक सदस्य चयन हुनेछ् । यो वर्षबाट सुरु गरिएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मकवानपुरमा ९ सय ८७ मत खसेको थियो । जसमध्ये नेपाल निजामती कर्मचारी संगठनले ४ सय ३० मत प्राप्त गरेको थियो ।