मञ्जुश्रीको अभिभावक भेला सम्पन्न

मकवानपुर फाखेल गाविस वडा नंबर ५ घट्टेखोलामा रहेको मञ्जुश्री जन प्राथमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । फाखेल गाउँ बाल संरक्षण समितिका सदस्य जीवन लाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिड नेपाल संस्थाबाट विद्यालयमा अध्ययनरत सबै विद्यार्थी लाई स्कुल झोला वितरण गरिएको छ । 
अभिभावक भेलाको अवसरमा जिल्ला शिक्षा कार्यालय मकवानपुरबाट प्राप्त छात्रावृत्ती समेत वितरण गरिएको थियो । कार्यक्रममा वार्षिक आम्दानी खर्च अनुमोदन एवम् वार्षिक योजना पनि विद्यालयका प्रधानाध्यापक मालिका शर्माले प्रस्तुत गरेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर बलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय संघ संस्थाहरुको आतिथ्यमा विद्यालयका साना–साना बालबालिकाहरुले गित र नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक विमल पोख्रेलले संचालन गरेको कार्यक्रम भरत वाइबाले स्वागत मन्तव्य गरेकाथिए । 

All news in One Place