थाहानगरका ४५ ज्येष्ठ नागरिक सम्मानित

थाहा नगरपालिकाले नगरका ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरले २६ जेठमा संयूक्त वडा सेवा केन्द्र  बज्रवाराही स्तरका १३ जनालाई सम्मान गरेसंगै सम्मानित हुनेको संख्या ४५ पुगेको हो ।
यस अघि नगरपालिकाले संयूक्त वडा सेवा केन्द्र पालुङमा १४ र दामनमा १८ जनालाई सम्मान गरिसकेको छ । थाहा नगरपालिकाले नगरको आर्थिक वर्ष २०७२÷०७३ को लक्षित वर्ग बजेट अन्तर्गत ज्येष्ठ नागरिक बजेटका सम्मान गरेको हो । ज्येष्ठ नागरिकहरुलाई दोस्लला ओडाएर सम्मान गरेको हो । सम्मानित हुनेहरुमा सबैभन्दा ज्येष्ठ पालुङकी १०८ वर्षीया सन्त कुमारी बलामी रहेकी थिइन् । 

२६ जेठमा थाहा नगरपालिका संयूक्त सेवा केन्द्र बज्रवाराहीमा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारको सभाध्यक्षतामा भएको कार्यक्रममा  उपस्थित अतिथीहरुलाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रम संयोजक सुदर्शन पहेलीले स्वागत गरेका थिए । कार्यक्रममा संयूक्त वडा सेवा केन्द्र बज्रवाराहीका सचिव सुनिल लामिछाने, नेपाली काँग्रेसका थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, एमालेका महेश्वर सुवेदी, नयाँ शक्तीका इन्द्र बहादुर श्रेष्ठ, वडा नागरिक मञ्चका संयोजकहरु, थाहा नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, लेखापाल दिप गजुरेल, इन्जिनियर सन्तोष बोहरालगायतकाको सहभागिता रहेको थियो । 

All news in One Place