यसरी हेर्न सकिन्छ एसएलसी रिजल्ट

परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको नतिजा आज सार्वजनिक गर्ने भएको छ । सबै तयारी पुरा भइसकेको र आज बिहान बोर्ड बैठक बसेर दिउँसो सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा आज४ बजेभित्र सार्वजनिक गर्ने तयारी गरेको जानारी दिनुभयो ।
गतवर्ष भन्दा ढिला परीक्षा भएपनि कार्यालयले चाडै नतिजा सार्वजनिक गरेको हो । नतिजा बिगतको जस्तो श्रेणी छुट्याउने आउने छैन । एसएलसी परीक्षामा ६ लाख १ सय २० विद्यार्थी सहभागी थिए ।
परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ । यसले बिगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन ।
३० भन्दा कम अंक ल्याउने विद्यार्थीले ११ कइाा पढ्न भने पाउने छैन । विद्यार्थीले मोवाइलबाट एसएमएस गर्दा र वेबसाइटमा आफ्नो सिम्बल नम्बर हाल्दा ग्रेड प्वाइन्ट एभरेज  (स्तरीकृत अंक) थाहा पाउने छन् ।

All news in One Place