एसएलसी परीक्षाको रिजल्ट आयो (नतिजा र हेर्ने तरिका सहित)
परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले २०७२ सालको एसएलसी परिक्षाको परिक्षफल २ असारमा प्रकाशित गरेको छ । यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको छ ।
नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् ।
यस्तै, ३.२ भन्दा माथी देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तिण भएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ४८ हजार ६ सय ११ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा ९४ हजार ७ सय १६ र १.६ भन्दा माथी देखी २.४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जना पास भएका छन् ।
एसएलसी परिक्षामा सामेल भएका मध्ये ३ सय ८३ जनाको परिक्षा रद्ध गरिएको छ भने ३ सय ८० जनाको एक विषयको परिक्षा रद्ध गरिएको छ । परिक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परिक्षार्थीले बढीमा दुई विषयमा पुनस् परिक्षा दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुनस् परिक्षा साउन २१ गतेदेखि हुनेछ । यसमा नियमित तर्फ १ लाख ८ हजार ३ सय २६ जनाले परिक्षा दिन पाउने छन् ।
यसरी हेर्नुहोस् नतिजा
यो वर्ष पास, फेल र डिभिजन हुने छैन । यो बर्ष विद्यार्थीले मोवाइलबाट एसएमएस गर्दा र वेबसाइटमा आफ्नो सिम्बल नम्बर हाल्दा ग्रेड प्वाइन्ट एभरेज (स्तरीकृत अंक) थाहा पाउने छन् ।
ग्रेड प्वाइन्ट भन्नाले अक्षरमा गरिएको विद्यार्थीको मूल्याङ्नको स्तरीकरणलाई अङमा प्रस्तुत गरिएको आनुसाङख्यक मानलाई जनाउँछ । त्यस्तै दुई वटा बिषयमा ‘डी’ र ‘ई’ छ भने बिषय खुलाएर सन्देश पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । यो व्यवस्था वेभसाइट मार्फत नतिजा हेर्दा पनि थाहा पाइन्छ । एसएमएसतर्फ नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बल नम्बर पठाएपछि आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) थाहा पाउन सकिन्छ । एसएमएसका लागि अन्य निजी कम्पनिको नम्बर पनि छन् ।
त्यस्तै शिक्षा मन्त्रालयको एमओई डट जिओभी डट एनपी (moe.gov.np), शिक्षा विभागको डीओई डट जिओभी डट एनपी (doe.gov.np ), परीक्षा नियन्त्रण कार्यालयको एसओसीई डट जिओभी डट एनपी ( soce.gov.np ) , नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनइटी ( slc.ntc.net) बाट पनि नतिजा थाहा पाउन सकिन्छ ।
यस मध्ये नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट कुन बिषयमा कति जीपीए, कुन ग्रेड प्राप्त गर्यो भन्ने सम्पूर्ण विवरण थाहा पाउन सकिन्छ । यी वेबसाइटमा सिम्बल नम्बर र जन्ममिति राखेपछि ग्रेडसिटमा उल्लेख हुने सम्पूर्ण विवरण हेर्न सकिन्छ ।
रिजल्टको लागि यहाँ क्लिक गर्नुहोस :

नतिजाः

रिजल्टको लागि यहाँ क्लिक गर्नुहोस :

नतिजाः
