असारे भाका















झम झम दर्कीयो पानी असारैको मैना

झाली रुमाल लैजाउ नानी यो झील्केको बैना ।

रोपार बनि आउ सानी मेलैमा
सँगै जाउँला साँझ घर बेलैमा ।।

माईली कान्छी छेउ तिर रोप्दै जाउ
सानी तिमि मै भको ठाम तिर आउ ।
झम झम दर्कीयो पानी असारैको मैना
झाली रुमाल लैजाउ नानी यो झील्केको बैना ।।

मैले आली लाउँदा सानी तिमि विउ काड्दै गर्नु
मैले गोरु साउँदा खेरी आतिए झैँ छेउमा आउनु ।
झम झम दर्कीयो पानी असारैको मैना
झाली रुमाल लैजाउ नानी यो झील्केको बैना ।।
-राङडोल लामा 
२०७३ जेष्ठ ३२ मंगलबार
हाल कुवेत

All news in One Place