थाहानगरको चौकीमा बस पल्ट्यो

काठमाण्डौंबाट रौतहटको गौर जाँदै गरेको रात्री सेवाको यात्रु बहाक बस थाहा नगरपालिका वडा नंबर ७ चौकीमा दुर्घटना भएको छ । २ असार विहान पौने २ बजे ना ४ ख ९८१६ नंबरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय पालुङले जाएको छ । 

बस चालक निदाएर दुर्घटना भएको प्रहरीले विकासखबरलाई जानकारी दिएको छ  । दुर्घटनामा परेका सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

७ नंबर वडामा खानेपानीको हाहाकार
थाहा नगरपालिका वडा नंबर ७ चौकीमा बस दुर्घटना हुँदा खानेपानीको पाइप फुटेपछि ७ नंबरका बासिन्दाहरुलाई खानेपानी समस्या भएको छ । ७ नंबर वडाको शिखरकोट, गोपालीगाउँ लगायत क्षेत्रका २ सय भन्दा बढि धारामा २ असार विहानबाट खानेपानी बन्द भएको छ ।
खानेपानी अभाव भएपछि विहानैबाट पसल तथा घरहरुमा समेत समस्या भएको छ । 




All news in One Place