हेटाैंडाकाे याेग शिविरमा ४ लाख ५० हजार सहयाेग संकलन
हेटौंडा÷पतञ्जलि योग जिल्ला समिति मकवानपुरको भवन निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ । शनिवार शिलान्यास भएको भवन निर्माण कार्यका लागि पतञ्जलि केन्द्रीय पदाधिकारी तथा हेटौंडाका सहयोगी दाताले आर्थिक सहयोग गरेको समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।
भवन निर्माणका लागि करिब ५ लाख रुपिया“ सहयोग प्राप्त भएको थापाले बताए । केन्द्रीय पदाधिकारीबाट ३ लाख, हेटौंडास्थित विभिन्न निकायबाट १ लाख गरी ४ लाख ५० हजार रुपिया“ सहयोग संकलन भइसकेको छ । हुप्रचौरमा जारी योग विज्ञान शिविरमा मंगलबार ५० हजार सहयोग प्राप्त भएको छ ।
नारायणी यातायात व्यवसायी संघले १० हजार, हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष हरिवंश भेटवालले ५ हजार, कृषि विकास बैंकका शाखा प्रवन्धक नुरुप्रसाद गौतमले ५ हजार र जारी शिविरका लागि विश्व हिन्दु परिषद् अध्यक्ष सीताराम न्यौपानेले १० थान त्रिपाल सहयोग गरेका छन् ।
हेटौंडा–४,श्रमिकपथमा निर्माण गरिने भवनको पतञ्जलि योगपीठ नेपालका ट्रष्टी शालिकराम सिंहले शिलान्यास गरेका थिए । भवन करिब २५ लाख लागतमा दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको समिति जिल्ला अध्यक्ष थापाले बताए ।
दुई तले भवनमा करिब ५ सय मानिसको क्षमता रहने उनले बताए । भवनमा नियमित योगाभ्यास र सचिवालय भवनलगायत विविध भौतिक संरचना रहनेछ ।
योग विज्ञान शिविरमा योगाभ्यासका लागि सहभागीको संख्यामा दैनिक वृद्धि हु“दैगएको छ । एक हजार योगसाधक र साधिकाको सहभागिता रह्यो । मंगलबार हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलले दीप प्रज्ज्वलन गर्दै शिविर सञ्चालन गरेका थिए । कार्यक्रममा नारायणी यातायात
व्यवसायी संघ अध्यक्ष बद्री चौलागाईं, मनोक्रान्तिका ध्रुव बिडारी, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी सुशीला दिदी, सांगीतिक एरोविकका कृष्णकलि राजथला र रामप्रसाद सुवेदीलगायतको उपस्थिति थियो ।
व्रह्ममुहूर्तमा वैदिक मन्त्रोच्चारण, दीप प्रज्ज्वलनका साथै विश्व कल्याणको प्रार्थना र राष्ट्रिय गानसहित योगाभ्यास सुरु गरिएको थियो ।
समितिको संयोजनमा श्रमिक मावि, कर्राका ९ र १० कक्ष्ाँमा अध्ययनरत् विद्यार्थीलाई योग प्रशिक्षण गराइएको छ । ७५ विद्यार्थीलाई शरीर विज्ञान र स्वास्थ्य विज्ञानका विषयमा जानकारी गराइएको थापाले बताए । बस्तीपुरस्थित निर्मल उमावि, योगसाधना केन्द्रमा योग प्रशिक्षण दिइएको छ । प्रभारी लवदेव मिश्र, युवा प्रभारी होमराज थपलिया र प्रशिक्षक सावित्री पराजुलीले सहभागीलाई योग प्रशिक्षण दिएका थिए । पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य तथा बरिष्ठ योग प्रशिक्ष्ँक लोकनाथ खनालले प्रशिक्षण गराएका हुन् । हेटौंडा–७ स्थित बनदेवी योग समितिको आयोजनामा समुदायस्तरका अभिभावकलाई योग र रोगका बारेमा जानकारी प्रदान गरिएको थियो । केन्द्रीय प्रभारी लवदेव मिश्र र बरिष्ठ योग प्रशिक्ष्ँक खनालले प्रशिक्षण गराएका हुन् । समितिले विद्यार्थीमाझ योगका फाइदाका बारेमा जागरण गराउ“दै आएको छ ।