मकवानपुरमा २ करोड छात्रवृत्ति वितरण

मकवानपुरको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि चालू शैक्षिक सत्रमा दुई करोड रुपियाँ छात्रवृत्ति वितरण गरेको छ । मकवानपुरमा रहेका पाँचसय १७ सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्र्यले बताए । 
विद्यार्थी अनुपातमा कुनै विद्यालयमा रकम अपुग भए विद्यार्थीहरुको नामावलीसहित जिल्ला शिक्षा कार्यालयमा माग गर्न सकिने शर्माले जानकारी दिए । यसवर्ष मकवानपुर जिल्लामा आधारभूत तहका छात्राहरु र सीमान्तकृत विद्यार्थीलाई प्रति विद्यार्थी चारसय रुपियाँका दरले, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि प्रतिविद्यार्थी एकहजार सात सय र दलित विद्यार्थीका लागि प्रतिविद्यार्थी चार सय र मावि सीमान्तकृत विद्यार्थीलाई पाँच सय रुपियाँका दरले निकासा भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरका योजना शाखा प्रमुख सहायक जिल्ला शिक्षा अधिकारी खेमनन्द भुषालले जानकारी दिए ।
जिल्लामा सीमान्तकृत २१ जातिमध्ये माझी, बुटे, दनुवार र चेपाङ जातिको मात्र विद्यार्थी रहेको भुषालले जानकारी दिए । 

All news in One Place