राप्रपा नेपालको क्षेत्रीय अधिवेशनहरु हुने
हेटौँडा/राप्रपा नेपालले मकवानपुरको ३ वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशनको मिती तय गरेको छ । क्षेत्रगत अवस्थार अन्य विविध बिषयमा छलफल गर्न मंगलबार वसेको बैठकले क्षेत्रीय अधिबेशन गर्ने निर्णय गर्दै अधिबेसनको मिति र स्थान तय गरेको राप्रपा नेपाल मकवानपुर अध्यक्ष नवराज विष्टले जानकारी दिए । वैठकले जेठ १८ गते ४ नम्वर, १९ गते २ र २० गते १ नम्वर क्षेत्रको अधिवेशन गर्नै निर्णय गरेको छ भने क्षेत्र नंम्वर ३ को अधिवेशन यस अघिनै सम्पन्न भइसकेको छ । ४ नंम्वर क्षत्रको अधिबेसनको मनहरीमा हुने र भुमिसुधार ब्यवस्था मन्त्रि राम कुमार सुब्वाले उद्धघाटन गर्नै पनि भय भएको छ । त्यस्तै १९ गते कुलेखानीको हेभिचौर र २० गते फापरवारीमा हुने अधिवेशन लाई उप प्रधान परराष्ट्र तथा स्थनिय विकास मन्त्री कमला थापाले सम्वोधन गर्ने बताईएको छ ।
राप्रपा नेपालका नेता तथा सांसद गणेश थापाको प्रमुख आतिथ्यतामा भएको बैठकमा मकवानपुर जिल्ला अध्यक्ष नवराज विष्ट, हेटौडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, १ नं क्षत्रिय अध्यक्ष राजाराम अर्याल ,२ नम्वरं क्षत्रिय अध्यक्ष शुक्र लामा, ३ नंम्वर क्षत्रिय अध्यक्ष धुर्व संजेल, क्षेत्र नंम्वर ४ अध्यक्ष गोविन्द रिजाल , युवक संगठन नगर अध्यक्ष भृगु कार्कि लगाएतको आतिथ्यता रहेको थियो । साथैै २५ गते हुने जिल्ला अधिबेसनको तयारीको विषयमा छलफल भएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।