एमालेको आपत्ती

आग्रा/नेपाली कांग्रेसले आफ्नो कार्यकर्तालाई कांग्रेसमा प्रबेश गराएको हल्ला चलाउँदै मिडीयामा प्रचार गरेको भन्दै आग्रा एमालेले आपत्ती प्रकट गरेको छ । एमाले क्षेत्र नंबर ४ का सदस्य तथा आग्रा इन्चार्ज काजिमान थिङले एमाले आग्रा वडा नंबर ६ का आफ्ना कार्यकर्ताहरु धवाराङ थिङ र युवराज थिङ लाई जानकारी नगराई आफ्नो पार्टीमा प्रबेश गराएको भन्ने हल्ला चलाएको भन्दै आपत्ती जनाएका हुन् । धावाराङ र युवराज अहिले पनि एमलेकै कटिबद्ध कार्यकर्ता रहेको भन्दै यस्तो कार्य नगर्न नेपाली कांग्रेसलाई उनले आग्रह समेत गरेका छन् ।

All news in One Place