शिखरपुरमा स्वास्थ्य शिबिर
हेटौँडा/पुर्वि मकवानपुरको शिखरपुर गाविसमा २ दिने स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । चाईना फाउण्डेसनको सहयोगमा सेरपोम झ्याङ छोप्लीङद्वारा आयोजित कार्यक्रममा निशुल्क अकुपञ्चर विधिद्वारा स्वास्थ्य परिक्षण शिबीरमा ३ सय ५० जनाले स्वास्थ्य परिक्षण गरेको शिखरपुर हेल्थ पोष्टका इन्चार्ज अमर लामाले बताए । शिबिरमा अकुपञ्चर बिधिबाट पेट तथा नसा रोगको परिक्षण गरिएको थियो । शिबिरमा चिनबाट आएका ९ जना स्वास्थ्य विशेषज्ञको टोलिले परिक्षण गरेका थिए । त्यसैगरी लामा झाङछेन हेल्थ इन एक्सनको आर्थिक सहयोगमा शिखरपुर हेल्थपोटको लागि सर्जिकल सामान तथा औषधिहरु सहयोग समेत भएको छ ।