खोलाले बगाउँदा ३ जनाको ज्यान गयो

हेटौँडा/ बुधबार दिउँसाे हावाहुरी सँगै आएको पानीको कारण भैसे ४ मा रहेको ज्यामिरे खोलाले बगाउँदा ३ जनाको ज्यान गएको छ । दिउँसाे  अकस्मात परेको पानीले ज्यामिरे खोलामा बाढी आउँदा भैसे ४ की २८ वर्षीय विमला स्याङ्तान, १२ वर्षीय अनिषा मुक्तान तथा एकजना नाम नखुलेका अन्दाजी ४०–४५ वर्षका पूरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फाेटाे: गुगल

All news in One Place