नगरकप फुटबलको खेल तालिका सार्वजनिक
धर्मेन्द्र दाहाल ।
हेटौँडा/हेटौँडा उपमहानगरपालिका तथा जिल्ला खेलकुद विकास समितीको संयुक्त आयोजनामा बैशाख २४ गतेबाट हुने दोश्रो हेटौँडा नगरकप फुटबल प्रतियोगिता २०७३ को खेल तालिका सार्वजनिक भएको छ । जिल्ला खेलकुद विकास समितीले तालिका सार्वजनिक गर्ने खेलको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
नकआउट चरणमा सञ्चालन हुने प्रतियोगितामा विस्तारीत उपमहानगरपालिकाका १६ वडाहरुले सहभागिता जनाउने बताईएको छ । नगरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा विजेताले १ लाख नगद तथा उपविजेताले ५० हजार नगद प्राप्त गर्ने जिल्ला खेलकुद विकास समितीका कार्यलय प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । करिब ८ लाख रुपैँया खर्च हुने अनुमान गरिएको प्रतियोगिता हेटौँडा ५ क्याम्पडाँडामा रहेके खेलमैदानमा सञ्चाला हुने आयोजकले जनाएको छ ।