थाहानगरको पालुङमा आगलागी
मकवानपुर थाहा नगरपालिका वडा नंबर ३ मा रहेको श्यामभक्त श्रेष्ठको घरमा आगलागी हुँदा क्षति भएको छ । विहान खाना बनाउने बेलामा भएको आगलागीबाट घरको माथिल्लो तला पूर्ण रुपमा क्षति भएको छ ।
आगलागीबाट लाखौं रुपियाँको क्षति भएको पीडितले जानकारी दिए । घरमा लागेको आगो स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको छ । घरमा आगलागी भएपछि स्थानीय पालुङखोला र त्रिवेणीखोलाबाट जेनेरेटरबाट पानी तानेर आगो नियन्त्रणमा लिइएको थियो ।
फोटोः रोशन रायमाझी