कुलेखानी फाखेल हुमाने भै चल्ने सुमो त्रिभुवन राजपथ भै चल्ने
राजधानी काठमाडौ बाट हेटौंडा लगायतका स्थान हरुमा कुलेखानी फाखेल हुमाने भै आवतजावत गर्ने टाटा सुमो त्रिभुवन राजपथको बाट अर्को ब्यबस्था नभए सम्म चल्नु पर्ने भएको छ । जिल्ला बिकास समितिको कार्यालय मकवानपुर मा SNRDP स्थानिय बिकास अधिकारी प्रमुख जिल्ला अधिकारी र सडक सरोकारवालाहरु बीच भएको छलफलमा यो निस्कर्ष निस्केको हो ।
कुलेखानी फाखेल हुमाने सडक जिल्ला बिकास समिती मकवानपुर को आयोजना ग्रामीण यातायात सुदृढीकरण परियोजना क्ल्च्म्ए को सहयोगमा स्तरीकरण गर्ने कार्य भै रहेको छ । कुलेखानी जिरो किलो देखि काठमाडौ संग सिमाना जोडिएको हुमाने भञ्ज्याङ सम्म करीब १७।५ किमि स्तरीकरण कार्यक्रम गत फागुन बाट सुरु भएको हो । हाल कुलेखानी गा बि स को वडा न ६ र ९ नम्बर वडामा पर्ने अत्यन्त जोखिम पुर्ण क्षेत्रमा सडक चौडा पार्ने काम भै रहेको र माथी बाट ढुङ्गा झरेर दुर्घटना हुन सक्ने अबस्था लाई मध्यनजर राख्दै फाखेलमा कृयाशील विभिन्न राजनैतिक दलहरुको प्रयासमा सर्ब पक्षिय छलफल भएको स्थानीय सडक समन्वय समितीका अध्यक्ष धनबीर स्याङतान ले बताए ।
स्रोतका अनुसार क्षेत्रीय ट्राफिक कार्यालय पथलैया , जिल्ला प्रहरी कार्यालय मकवानपुर ,जिल्ला प्रसासण कार्यालय मकवानपुर संगको छलफल पछि मात्र सो मार्ग भै सुमो चल्ने मिति तय हुने जानकारी प्राप्त भएको छ । हाल यो मार्ग भै साना ठुला सवारी साधन हरु आवत जावत हुने गरेको छ । करीब १७ करोड को लगानीमा १५ महिनामा योजना सक्ने गरि अमर कन्स्ट्रक्सनले काम गरिरहेको छ ।