कुलेखानी फाखेल हुमाने भै चल्ने सुमो त्रिभुवन राजपथ भै चल्ने

पुस्कल गोेले  ।

राजधानी काठमाडौ बाट हेटौंडा लगायतका स्थान हरुमा कुलेखानी फाखेल हुमाने भै आवतजावत गर्ने टाटा सुमो त्रिभुवन राजपथको बाट अर्को ब्यबस्था नभए सम्म चल्नु पर्ने भएको छ । जिल्ला बिकास समितिको कार्यालय मकवानपुर मा SNRDP स्थानिय बिकास अधिकारी प्रमुख जिल्ला अधिकारी र सडक सरोकारवालाहरु बीच भएको छलफलमा यो निस्कर्ष निस्केको हो ।

कुलेखानी फाखेल हुमाने सडक जिल्ला बिकास समिती मकवानपुर को आयोजना  ग्रामीण यातायात सुदृढीकरण  परियोजना क्ल्च्म्ए को सहयोगमा स्तरीकरण गर्ने कार्य भै रहेको छ । कुलेखानी जिरो किलो देखि काठमाडौ संग सिमाना जोडिएको हुमाने भञ्ज्याङ सम्म करीब १७।५ किमि स्तरीकरण कार्यक्रम गत फागुन बाट सुरु भएको हो । हाल कुलेखानी गा बि स को वडा न ६ र ९ नम्बर वडामा पर्ने अत्यन्त जोखिम पुर्ण क्षेत्रमा सडक चौडा पार्ने काम भै रहेको र माथी बाट ढुङ्गा झरेर दुर्घटना हुन सक्ने अबस्था लाई मध्यनजर राख्दै फाखेलमा कृयाशील विभिन्न राजनैतिक दलहरुको प्रयासमा सर्ब पक्षिय छलफल भएको स्थानीय सडक समन्वय समितीका अध्यक्ष धनबीर स्याङतान ले बताए । 

स्रोतका अनुसार क्षेत्रीय ट्राफिक कार्यालय पथलैया , जिल्ला प्रहरी कार्यालय मकवानपुर ,जिल्ला प्रसासण कार्यालय मकवानपुर संगको छलफल पछि मात्र सो मार्ग भै सुमो चल्ने मिति तय हुने जानकारी प्राप्त भएको छ । हाल यो मार्ग भै साना ठुला सवारी साधन हरु आवत जावत हुने गरेको छ । करीब १७ करोड को लगानीमा १५ महिनामा योजना सक्ने गरि अमर कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

All news in One Place