शिक्षा
»
बाल मैत्री गाबिस फाखेलका विद्यार्थी अब पढ्न बाट बञ्चित हुने
बाल मैत्री गाबिस फाखेलका विद्यार्थी अब पढ्न बाट बञ्चित हुने

पुस्कल गोले ।
राजधानी काठमाडौ संग सीमाना जोडेको मकवानपुर जिल्ला उत्तरी क्षेत्रको फाखेल गाबिस का विद्यार्थी हरु क्षेत्रीय शिक्षा निर्देशनालयको कारण शैक्षिक सत्र शुरु भएको एक महिना पछि विद्यार्थीहरु अन्यौलमा परेका छन् । २०७० साल यता पटक पटक कक्षा नौ सञ्चालनका लागि अनुमती माग गरे पनि अनुमती नपाए पछि फाखेलकै महाचुनी उमाबि बाट कक्षा नौ र एस एल सी परिक्षा दिने गरि पठन पाठन गर्दै आएको मा हाल जिल्ला शिक्षाको निर्देशनका कारण पठन पाठन रोके पछि फाखेल ३ स्थित कालिका निमाबी मा अध्ययन गर्ने गरेको बाल बालिका को भबिष्य अन्यौल हुन पुगेको हो ।
भौगोलिक दृष्टिकोण बाट अत्यन्तै दुर्गम फाखेलमा एक नीजी एक उच्च मा बि एक मा बि एक नि मा बि र दुई प्राथमिक बिद्यालय सञ्चालन मा छन । तामाङ जातिको बाहुल्यता रहेको फाखेल ३ मा अबस्थित कालिका नि मा बि २०१७ सालमा स्थापना भएको बिद्यालय हो । यो साल कक्षा नौ र दस सञ्चालन गर्ने अबस्था नभए पछि नौ र दसमा अध्यनरत ३६ जना बिध्यार्थी को भबिष्य नै धरापमा परेको प्र अ हस्तबहादुर राई ले बताए। सबैको लागि शिक्षा भन्ने नारा र काम गराइमा तालमेल नपुग्दा विद्यार्थीको भबिसष्य माथी खेलबाड राज्यले नै गर्ने गरेको आरोप बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनबीर स्याङ्तानको आरोप छ ।
नजीक बिद्यालय नहुदा सो क्षेत्रका बाल बालिका कि त राजधानीमा महँगो शुल्कमा तिरेर पढ्न बाध्य हुनु परेको छ । नत्र भने बीचमै बिद्यालय छोडनु पर्ने अबस्था रहेको छ ।