हेटौंडा–८ बालश्रम मुक्त वडा घोषणा


हेटौंडा /हेटौडा उपमहानगरपालिका ८ नं.वडा बाल  श्रम मुक्त वडा भएको छ । आईतबार एक समारोहको आयोजना गरी बाल श्रम मुक्त वडा घोषणा गरिएको हो । 

पुनराबेदन अदालत हेटौडाका न्यायाधीस हरि प्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा वडा नागरिक मञ्चका संयोजक कृष्ण बहादुर श्रेष्ठको सभाध्यक्षतामा संचालित कार्यक्रममा नगर प्रमुख सुदेब कुमार पोखरेल, नेकपा एमालेका गोपाल श्रेष्ठ, हेटौडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भीम तिमल्सिना, बाल कल्याण समाजका प्रकाश खतिवडा, प्लान ईन्टरनेशनलका लैङ्गिक एवम् बाल अधिकार संयोजक राम खत्री, नयाँ शक्ति नेपालका धर्मराज पुडाशैनी आठ नम्बर बडा सचिब टीका कँडेल, श्रम कार्यालयका प्रमुख श्याम श्रेष्ठ लगायतले बाल श्रम मुक्त वडा घोषणप्रति ऐक्यबद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै उनीहरुले घोषणापछिका चुनौतिहरुलाई सामना गर्न कार्यगत एकता र भावी रणनीति बमोजिम अनुगमन प्रभाबकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।  

सन् २०१६ सम्ममा हेटौडा उपमहानगरपालिका क्षेत्रलाई नै बाल श्रममुक्त घोषणा गर्ने अभियान अन्तरगत ८ नंं  वडा बाल  श्रम मुक्त वडा घोषणा गरिएको छ हो । यस अघि ११,९, ७ र ६ नंं.वडाहरु बाल श्रम मुक्त वडा घोषणा गरि सकिएको छ । हेटौंडामा २९ वडा छन् । 

८  नं. लाई बाल श्रम मुक्त वडा घोषणा गर्दै पुनराबेदन अदालत हेटौडाका न्यायाधीस पोखरेलले बाल श्रम बिरुद्धको सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । 

यस अधि ८ नम्बर वडा लाई बाल श्रम मुक्त  वडा घोषणा गर्न स्थानिय स्तरबाट नागरिक वडा मञ्चको अध्यक्ष श्रेष्ठको संयोजकत्वमा टीका कँडेल, धर्मराज पुडासैनि, प्रेमराज अधिकारी, नारायण सिं थिङ, दीप कुमार थापा, प्रकाश खतिवडा, परमानन्द मिश्र, यसोदा उप्रेती, शान्ति कार्की, ईजहार आलम सहित ११ सदस्यीय बाल श्रम मुक्त बडा घोषणाको ब्यबस्थापन समिति गठन गरी आबश्यक प्रकृया अघि बढाइएको थियो ।

८ नम्बर वडाको १५ वटा टोल बिकास संस्था, नागरिक वडा मञ्च, चन्द्रोदय उच्च मा.बि., हिम गंगा प्रा.बि., रोटरि प्रा.बि., एकता आमा समुह र बिकाश टोल आमा समुह, माउन्ट एभरेष्ट बोर्डिङ स्कुल, नागरिक सचेतना केन्द्र मध्येबाट किरण चोक फारलाईन र देबनगर सचेतना केन्द्र, सामुदायिक सेबा केन्द्र, नेपाल रेडक्रस उपशाखा ८, सहकारि संस्था बाट किशान कल्याण बहुउद्धेश्य ,  संगत बचत तथा ऋण र सर्बोत्तम सहकारि सस्था , चन्द्रोदय डोजाङ लगायतका सस्थाहरुले  संस्थ्ँँगत रुपमा यस अघि नै बाल श्रम प्रयोग नगर्ने, नगराउने र बाल श्रम प्रयोग भएको सेवा र सुबिधा बहिष्कार गर्नेबारे सामुहिक रुपमा प्रतिबद्धता गरेका बाल कल्याण समाजको जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । 

८ नम्बरलाई बाल श्रम मुक्त घोषणा गर्नु अघि श्रम कार्यालयको अगुवाईमा हेटौंडा उपमहानगरपालिका,जिल्ला बिकास समिति,नेपाल पत्रकार महासंघ,महिला तथा बालबालिका कार्यालय,प्लान ईन्टरनेशनल,बाल कल्याण समाज,जिल्ला प्रहरी कार्यालय र नागरिक समाजबाट संयुक्त अनुगमण गरी बाल  श्रम नभएको निष्कर्ष निकालिएको हेटौंडा उपनगरपालिकाको सामाजीक बिकास महाशाखा प्रमुख भीम तिमल्सिनाले बताउनु भयो । 
८ नम्बर बडा घोषणा कार्यक्रममा नेपाली काँग्रेसका दीपकलाल खतिवडा, एनेकपा माओबादिका प्रकाश पाण्डे, राप्रपा नेपालका गुरु प्रसाद सापकोटा, राप्रपाका रबिन्द्र  अधिकारी, नेकपा मालेका सुरेन्द्र बिष्ट, नया शक्ति नेपालका डि.बि. थापा, हेटौडा उपमहानगर पालिकाका हिम शर्मा पौडेल, चन्द्रोदय माबिका ब्यबस्थापन समिति अध्यक्ष प्रबेश पोखरेल, प्रअ दिप कुमार थापा सामाजिक परिचालिका शान्ति कार्की लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा राष्ट्रिय रुपमा कार्यरत सिबिस, सिबिन, एनसिपिए ,कन्सोर्टियम, सिजोप लगायतका सस्थाहरुले बाल श्रम मुक्त बडा घोषणा प्रति एक्यबद्धता जाहेर गरेका थिए । 

बाल श्रममुक्त वडा घोषणा हेटौंडा उपमहानगरपालिका कार्यालयको आयोजनामा प्लान ईन्टरनेशनल र बाल कल्याण समाजको सहकार्य र सहयोगमा भएको थियो ।

हेटौडा उपमहानगरपालिकालाई सन् २०१६ को अन्त्य सम्ममा निकृष्ट बाल श्रम अन्त्य गर्ने रणनैतिक योजनामा प्लान ईन्टरनेशनल र बाल कल्याण समाजले निकृष्ट बाल श्रम न्युनीकरण परियोजना (होप) संचालन गरी सहकार्य गरिरहेको छ ।

होपले सन् २००८ देखि श्रममा संलग्न बालबालिकालाई बैकल्पिक शिक्षा, बिद्यालय भर्ना तथा शैक्षिक सहयोग पारिवारिक आय,सीप बिकास तालिम बाल श्रम रुपान्तरणका लागि आय आर्जन तालिम, बाल क्लब र यूवा क्लबलाई बाल संरक्षण तालिम, रोजगार दाता र टोल बिकास संस्थालाई लक्षित गरी बाल श्रम  बिरुद्धको सचेतना कार्यक्रम, किशोरी शिक्षा, उद्धार तथा पारिबारिक पुनर्मिलन , श्रोत केन्द्र सेवा आदि कार्यक्रम सञ्चालन गर्दै बाल श्रम न्युनिकरण गर्ने सवालमा काम गरिरहेको छ ।

All news in One Place